२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा रंगशालाको खेलकुदमन्त्रीद्वारा निरीक्षण, प्रदेशकै ठूलो रंगशाला बनाइने आश्वासन

२०७९ श्रावण २६, बिहिबार मा प्रकाशित ( साल अघि) ५०७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २६ साउनः राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको निर्माणाधिन सिमरा रंगशालाको बिहीबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले निरीक्षण गर्नुभएको छ । मन्त्री गहतराजले नव जनजागृति युवा क्लव सिमराको आमन्त्रण तथा जीतपुर सिमरा उपमहानगरपालिकाको समन्वयमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं १ मा रहेको सिमरा रंगशाला निरीक्षण गर्नुभएको हो ।

1660232115428
सिमरा रगंशालालाई प्रदेशकै ठूलो रंगशालाका रुपमा विकाश गरिने बताइएको छ । यो रंगशाला अर्थात यो खेलकुद मैदान बारा जिल्लाको सबैभन्दा ठूलो खेलमैदान हो । सिमरा रगंशालामा पार्किङ्ग, डिप बोरिङ्ग, सभाहल, ट्रेनिङ्ग हल निर्माणका निम्ति पहल गरिएपनि ती कार्य हुन सकेको छैन । मन्त्री गहतराजले स्थानीय स्तरको सत्रियता र सहभागितामा बनेको वर्तमान संरचना अत्यन्तै आकर्षक र लोभ लाग्दो भएको र देशकै उत्कृष्ट रंगशालाको रुपमा विकास गर्न आफूले पनि सक्दो पहल गर्ने आश्वासन दिनुभयो । उहाँले सिमरा रंगशालाको निर्माणका लागि सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । मन्त्री गहतराजले तत्कालै ठुलो बजेट नभएपनि बहुवर्षीय योजना बनाएर कामलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
यसैसन्दर्भमा मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्माले सिमरा रंगशालाको पूर्वाधारमा संघीय सरकारले चासो देखाउन जरुरी रहेको बताउनुभएको छ । रंगशाला निरीक्षणफछि आयोजित अर्न्तक्रियात्मक कार्यत्रममा सांसद विश्वकर्माले स्थानीय र प्रदेश सरकारको बजेटभन्दा ठूलो योजना रहेका कारण संघीय सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो । यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बहुवर्षीय योजना बनाएर काम अघि बढाउन मन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो ।

मन्त्रीको आश्वासनले आशावादी छु:  अध्यक्ष लामा
नव जनजागृति युवा क्लबले २०६६ सालदेखि सुरू गरेको मोफसलकै सर्वाधिक लोकप्रिय राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘सिमरा गोल्डकप’ आयोजना हुँदै आएको रंगशाला लामो समयदेखि निर्माणाधिन अवस्थामा छ । नव जनजागृति युवा क्लवका अध्यक्ष रामचन्द्र लामा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सिमरा रंगशालाको पूर्वाधार निर्माणका लागि आश्वासन दिएकाले अब रंगशाला निर्माण हुन्छ भन्ने कुरामा आफू आशावादी भएको बताउनुभएको छ । क्लबका अध्यक्ष लामाले मन्त्री गहतराजलाई ज्ञापनपत्र बुझाउँदै सिमरा रंगशाला र जीतपुरसिमरा गोल्डकपलाई संघीय सरकारको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । क्लवका महासचिव शम्भुसिंह ठकुरीले क्लवका गतिविधि तथा रंगशालानिर्माणका बारेमा प्रकाश पार्नुभएको थियो ।

1660232133859

रंगशाला निरीक्षणपछिको औपचारिक कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल श्रेष्ठ, गीता कँडेल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राई, मधेश प्रदेशका सांसद सीता गुरुगं,  इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्याल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहनशर्मा लामिछानेलगायत खेलाडीहरु साथै माओवादी कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

विमानस्थलमा पत्रकार भेटघाट
सिमरा विमानस्थलमा बुद्ध एयरको जहाजबाट ओर्लनुभएका मन्त्री गहतराजसँग प्रेस सेन्टर बाराले पत्रकार भेटघाटको आयोजनासमेत गरेको थियो । सो क्रममा मन्त्री गहतराजले महिला खेलाडीका लागि मन्त्रालयका तर्फबाट हिंसात्मक घटनाहरुका विरुद्ध सुरक्षा तालिम, खेलाडी प्रोत्साहन कार्यक्रमसमेत अयोजना गर्ने गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासँघका अध्यक्ष रेशम तिवारी, प्रेस सेन्टर बाराका अध्यक्ष रञ्जन यादव, उपाध्यक्ष प्रदीप गौतम लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु