२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

उचिडीमा रोपियो विरुवा

२०७९ भाद्र ४, शनिबार मा प्रकाशित ( साल अघि) २४३ पाठक संख्या

सिमरा, ४ भदौ: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को उचिडी खेल मैदान किनारमा शनिबार विहान वृक्षरोपण गरिएको छ । स्थानिय यूर्निभसल यूवा क्लबको आयोजनामा भएको वृक्षारोपण कार्यक्रमको शुभारम्भ बारा क्षेत्र नं.३ का संघिय सांसद रामबाबु प्रसाद यादवले मसलाको वृक्ष रोपेर गर्नु भएको हो । कार्यक्रममा
यूनिर्भल क्लव तथा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८का अध्यक्ष चतुरबाबु वाग्लेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम अन्तरगत करिब डेढ विगाह क्षेत्रमा मसलाका ४ हजार ५ सय विरुवा रोपिएको थियो । वृक्षारोफण कार्यक्रम १८ नं. वडा कार्यालय, स्थानिय मिसन एकेडेमी, सुनकोशि साकोस, सहजनाथ कंत्रिट उद्योग, जिल्ला वन कार्यालय बारा,नेपाली सेनाको राष्टिय सेवा दल र स्थानिय समेतको सहयोगमा गरिएको आयोजक क्लवका अध्यक्ष कविराज वाग्ले जनाए ।कार्यक्रममा सहयोगि संस्थाका प्रतिनिधीहरु, विद्यार्थी, क्लवका पधादीकारी एंव सदस्यहरु र स्थानियको उपस्थीति रहेको थियो । क्लबका सचिव श्याम न्यौपानको स्वागत एवं स्थानिय सामाजिक अगुवा वेद प्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु