२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा चेम्बर अफ कमर्सको नगर कमिटी गठन, कार्यसमिति ३६ जना

२०७९ भाद्र ४, शनिबार मा प्रकाशित ( साल अघि) ६७५ पाठक संख्या

सिमरा, ४ भदौः जीतपुरसिमरा चेम्बर अफ कमर्सको नगर कमिटी गठन भएको छ । बाराको सिमरामा भएको भेलाले चेम्बर अफ कमर्सको नगर कमिटि गठन गरेको हो ।

भेलाले नगर कमिटिको अध्यक्षमा मनलाल श्रेष्ठ (राजु) को अध्यक्षतामा ३६ सदस्यि तर्दथ समति गठन गरेको छ । गठित समितिको बरिष्ठ उपाध्यक्षमा शेख नसिम हुसेन, उपाध्यक्षमा रामबाबु साह, राजुप्रसाद गुप्ता, महासचिबमा शेष आलिम मियाँ , सचिबमा प्रदीप गोतम, सहसचिव दिपेन्द्र साह, कोषाध्यक्षमा निर्मला के.सी र सह कोषाध्यक्षमा सन्तोष दाहाल चयन हुनुभएको छ ।
व्यवसायिक हितको निम्ति गठन भएको चेम्बर अफ कमर्सले शनिबार बाराको जीतपुर सिमरा वडा नं १ स्थित थानीमाइ वन समूहको परिषरमा घोषणा सभा राखेर तर्दथ समिति गठन गरेको जानकारी दिएको हो ।।
कार्यक्रममा नगर उपप्रमुख भोला अधिकारी, चैम्बर अफ कमर्सका जिल्ला अध्यक्ष रुपेश पोख्रेल, प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, वडा नं ४ का वडाधयर खत्री लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु