२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरामा सामाजिक सुरक्षाकोषको शाखा कार्यालयको अनावरण,

२०७९ भाद्र ८, बुधबार मा प्रकाशित ( साल अघि) ३३४ पाठक संख्या

सीता अधिकारी
सिमरा,८ः निजी तथा श्रम क्षेत्रमा काम गर्ने मजदुरको हक हितका लागि सिमरामा सामाजिक सुरक्षाकोषको शाखा कार्यालयको अनावरण (उद्घाटन) गरिएको छ । बुधबार पथलैया बीरगञ्ज औधोगिक करिडोर अन्तरगत पर्ने बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं २ स्थित सिमरा वजारमा सामाजिक सुरक्षा कोष शाखाको उद्घाटन गरिएको हो । कार्याक्रममा जीतपुरसिमरा उपमहानगर पालिकाका प्रमुख राजन पौडेल र शाखा प्रमुख ऋषिराम पाण्डेयले संयुक्त रुपमा कार्यालयको अनावरण गर्नुभएको थियो ।
पथलैया वीरगञ्ज औधोगिक करिडोरका ठूला उद्योगहरु ह्लुास, सूर्य नेपाल, डावर नोपल, लगायतका उद्योगहरु सामाजिक सुरक्षाकोषमा सूचीकृत भैसकेकोले पनि यहाँका मजदुरलाई कोषससँग जोडिएका कामहरु गर्न सहज होस भन्ने हेतुले सिमरामा नै कोषको कार्यालय स्थापन गर्नुपरेको कोषका निर्देशक उत्तमराज नेपालले बताउनुभयो ।

1661355971187

उहाँले हरेक मजदुरका परिवारलाई सहज वातावरण दिन सामाजिक सुरक्षाकोष सुरु गरिएको, पथलैया वीरगञ्ज औद्योगिक करिडोरलाई कोषसँग जोड्न आवश्यक सबै कार्यलाई सरल बनाउने उद्देश्यले रहेको बताउनुभयो । शाखाले केवाइसी अपडेट, योगदान संकलन लगायतका काम गर्ने बताइएको छ ।
कोषमा आबद्ध श्रमिकका लागि उपचार सेवा दिन हालका लागि वीरगञ्ज हेल्थ केयर र नेशनल मेडिकल कलेजसँग सम्झौता भएको नेपालले जानकारी दिनुभयो । कोषको सेवाअन्तर्गत औषधोपचार स्वास्थ्य तथा सुरक्षित मातृत्व, दुर्घटना र अशक्तता, आश्रित परिवार र पेन्सन तथा वृद्धभत्ता जस्ता ४ वटा योजना रहेका छन्।
कार्यक्रममा वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, श्रम तथा रोजगार कार्यालय वीरगञ्जका प्रशान्त साह, नेपाल ट्रेड यूनियन काँग्रेसका मधेष प्रदेश अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी, अखिल नेपाल ट्रेड युनियन महासँघका बेनी तिमल्सिना, सञ्चारकर्मीदव्य अनिल तिवारी र रञ्जन यादव, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका तर्फबाट रिना रौनियार पुरीले आफ्नो भनाइ राख्नुभएको थियो ।
सामाजिक सुरक्षा कोषका यादव पौडेलको स्वागत रहेको कायृक्रमको सञ्चालन कोषका कर्मचारी प्रदिप महर्जनले सञ्चालन गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु