२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न मधेष प्रदेशको बर्दीवासमा खुल्यो ब्याच्लर इन हस्पिटालिटी म्यानेजमेन्ट

२०७९ भाद्र १०, शुक्रबार मा प्रकाशित ( साल अघि) ५४५ पाठक संख्या

राजमणि बराल
सिमरा, १० भदौः होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मधेष प्रदेशको बर्दीवासमा ब्याच्लर इन हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) कक्षा सञ्चालनमा आएको छ । नेपाल सरकार, नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम)को सक्रियतामा काठमाडौँ विश्वविद्यालयबाट संबन्धन प्राप्त गरी चार वर्षे कार्यक्रम सञ्चालनमा आएको हो ।
शुक्रबार बाराको जीतपुर सिमरा उपमहानगरपालिका सिमरास्थित गौतम होटलमा गरिएको छलफल कार्यक्रममा होटल म्यानेजमेन्टको कार्यक्रमलाई नमुनाका रुपमा विकसित गर्दै लैजाने नाथमका बर्दीवास शाखा प्रमुख शिवेन्द्र मल्लिकले बताउनुभयो ।
छलफल कार्यक्रममा जीतपुरसिमरा उपमहानगर पालिकाका उपप्रमुख भोला अधिकारी, जीतपुर सिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछाने, महासचिव प्रकाश गिरी, जनप्रतिनिधि उद्धवप्रसाद गौतम, होटल पर्यटन महासँघका महासचिव शम्भु खड्की, होटल तथा पर्यटन सहकारकिा अध्यक्ष राजु प्रल्हाद उपेती, सिमरा जेशिसका अध्यक्ष पुरुषेतम अधिकारी, सिमरा माविका प्रधानाध्यापक, शकर आचार्य, जनता मावि रजघट्टका प्रधानाध्यापक राजु अधिकारीलगायत होटल व्यवसायी, शिक्षक, तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रदेश शाखा संयोजक मनराजा खत्रीले गर्नुभएको थियो भने कलेजको विषयमा विभागीय प्रमुख अजकुमार ढकाल, विर्तामोड शाखा प्रमुख सत्यनाराण साह, नेपालगञ्ज शाखा प्रमुख बिपिन नेपाल र बरिष्ठ अधिकृत नरेश डंगोलले प्रकाश पार्नुभएको हो । मोहन शर्मा लामिछानेले नाथममा विद्यार्थी भर्ना अभियानमा सबैले सहयोग गरी होटल तथा पयृटन व्यवसायमा उच्च जनशक्ति तयार गर्नु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा गौतम होटलका सञ्चालक सुस्मितराज गौतमले आफूले यही विषय पढेर होटल सञ्चालन गर्न सक्षम भएको दावी गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु