२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

मोति जयन्तीको अवसरमा सिमरामा रचना वाचन कार्यक्रमको आयोजना

२०७९ भाद्र ११, शनिबार मा प्रकाशित ( साल अघि) ६४० पाठक संख्या

सीता अधिकारी
सिमरा ११ भदौः सिमरा साहित्य समाज बाराले आज मोति जयन्तीको अवसर पारेर रचना वाचन कायृक्रमको आयोजना गरेको छ । अनौपचारिक रुपमा आयोजित कार्यक्रममा सहभागी साहित्यकारहरुले आआफ्नो रचना वाचन गरेका थिए ।
सिमरा साहित्य समाजका अध्यक्ष शालिकराम अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा सीता अधिकारी, प्रदीप धनन्जय, ऋषि काफ्ले, कृष्ण अधिकारी, कृष्ण सिग्देल, रामप्रसाद पोख्रेल, वासुदेव अधिकारी लगायतले आ आफ्नो रचना वाचन गर्नुभएको थियो ।

मोतिराम भट्ट
प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए। मोतीराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आऊने सशक्त व्यत्तित्व हुन्। उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरे; भट्टले नै संवत् १९४८मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु