२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल तदर्थ समिति गठन, चिरञ्जीवी प्राकृतिक आयुर्वेद सिमराका पौडेल के सदस्य मनोनित

२०७९ भाद्र १९, आईतबार मा प्रकाशित ( साल अघि) ८९२ पाठक संख्या

 

सिमरा, १९ भदौः आयुर्वेद व्यवसायीहरुको केन्द्रीय छाता संस्थाको रुपमा राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल स्थापना भएको छ । हालै स्थापना गरिएको उक्त एशोसिएसनको १५ सदस्यीय तदर्थ कार्यसमिति समेत गठन भएको छ ।

1662285236457

उक्त एशोसिएसनको तदर्थ समितिको अध्यक्षमा जगत बहादुर भट्टराई रहनुभएको छ भने बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउत रहनुभएको छ । त्यस्तै एशोसिएसनको उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला) उपाध्यक्षमा निर्मला खत्री रहनुभएको छ भने महासचिवमा हृदयनारायण चौधरी रहनुभएको । त्यसैगरी सचिवमा नारायण खतिवडा, सचिब (महिला) मा सरिता भण्डारी, कोषाध्यक्षमा सपना खत्री, उपाध्यक्ष (प्रदेश १) मा ओमराज लिम्बु, उपाध्यक्ष (लुम्बिनी प्रदेश) शालिकराम भुसाल रहनुभएको छ । एशोसिएसनको कार्यसमिति सदस्यमा भने अन्जना मगर, आरती कुमारी चौधरी, चिरञ्जीवी प्राकृतिक आयुर्वेद सिमराका लक्ष्मीकान्त पौडेल, जयन्ती सिवाकोटी र किरण न्यौपाने रहनुभएको छ । ‘अधिकारका लागि एकिकृत आवाज’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त एशोसिएसनले देशभरका व्यवसायीलाई संगठित गर्दै आयुर्वेद व्यवसायीका समस्या र आवाजलाई बुलन्द पार्दै सम्बन्धित ठाउँमा पुर्‍याउने लक्ष्य राखेको छ । एशोसिएसनको मूख्य कार्यालय काठमाडौंको कोटेश्वरमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु