२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उत्कृष्ट बन्दै बारा औराहाको घण्टीमाई साकोस

२०७९ भाद्र २५, शनिबार मा प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

सीता अधिकारी
सिमरा, २५ भदौ: बारा जिल्लाको जीतपुरसिमरास्थित औराहामा रहेको घण्टीमाई साकोस मधेश प्रदेश मै उत्कृष्ट देखिन थालेको छ । वर्तमान समयमा घण्टीमाई साकोस उत्कृष्टताको सिँढी चढ्दै जान थालेको हो । संस्थाका अध्यक्ष कोपिला सिंखडा र पदाधिकारीहरुको मेहनत र परिश्रमले नै घण्टीमाईले प्रगतिको शिखर चढ्दै छ । एक हजार ४ सय ९७ शेयर सदस्य रहेको सहकारी संस्थाको ९ सय ५० महिला र ५ सय ४७ पुरुष सदस्य रहेका छन् ।

1662822365487

एक सय ३ समूह रहेको छ । यस वर्ष संस्थाले करिब १८ करोडको कारोबार गरेको संस्थाका अध्यक्ष कोपिला सिंखडाले बताउनुभयो ।

1662822375504

 

घण्टीमाइको दशौँ वार्षिक साधारण सभा सम्पन्न, महिला उद्यमीको नमुना संस्था बनाउन नेफ्स्कुनका अध्यक्ष पौडेलको आग्रह

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सँघ (नेफ्सकुन) का अध्यक्ष परितोष पौड्यालले घण्टीमाई साकोसका अध्यक्ष कोपिला सिंखडा र संचालक समितिका पदाधिकारी तथा शेयर सदस्यलाई साकोसलाई महिला उद्यमीको नमुना संस्था बनाउन आग्रह गर्नुभएको छ । घण्टीमाई साकोसको दशौँ साधारण सभाको उद्घाटन सत्रलाई संवोधन गर्दै अध्यक्ष पौडेलले सो कुरा बताउनुभएको हो । साकोसलाई प्रविधि मैत्री बनाउने, क्षमता अभिवृद्धिका लागि बैदेशिक भ्रमणमा पठाउन सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

1662822279617

कार्यक्रममा केन्द्रीय सहकारी सँघका कार्यकारी प्रमुख प्रकाश पोख्रेलले सहकारी संस्थाहरुको स्तरीकरणका लागि नेफ्सकुनले विभिन्न तालिमहरु दिन थालेको, देशका ३० वटा भन्दा बढी स्थानीय तहहरुसँग आधारशिला कार्यक्रम सञ्चालन गरेको लगायतका कुरा व्यक्त गर्नुभयो ।संस्थका अध्यक्ष कोपिला सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा जिल्ला बचत सँघका अध्यक्ष सतेन्द्र ठाकुर, नेफ्सकुनका पूर्व कोषाध्यक्ष केशव पोख्रेल, मधेश प्रदेश सभाका साँसद सुन्दर विश्वकर्मा, निवर्तमान नगर उपप्रमुख सरस्वतीदेवी चौधरी, औराहा उपभोक्ता सहकारी सँस्थाका अध्यक्ष पूर्णचन्द्र तिमल्सेना, प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमारनाथ त्रिपाठी, नेरामावि औराहाका निमित्त प्रधानाध्यापक दीपक भट्ट, सहकारी बैँक सिमराका प्रमुख सुरेश लागे, सञ्चारकर्मी विदुर खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा निर्वाचित स्थानीय जनप्रतिनिधि, अन्य सहकारी तथा सघसंस्थाका प्रतिनिधि, संस्थाका लेखा संयोजक साथै सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन संस्थाका सचिव भवन खड्काले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष थानेश्वर पौडेलले गर्नुभएको थियो ।

भवन उद्घाटन
स्थापनाताका साकोसले एउटा कोठा भाडामा लिई २ जना कर्मचारीबाट कारोबार सुरुवात गरेको भएपनि अहिले आफ्नै दुई तले भवन निर्माण गरी कार्यालय सेवा र कारोबार सुरु गरेको छ । शनिबार नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सँघ (नेफ्सकुन) का अध्यक्ष परितोष पौड्यालले साकोसको भवन समुद्घाटन गर्नुभएको थियो ।

1662821856278

भवन निर्माणमा सहयोग
महिला सशक्तीकरण , सामाजिक न्याय र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले निर्मित साकोस निर्माणका लागि मधेश प्रदेश सभा सदस्य सुन्दरबहादुर विश्वकर्मा मार्फत प्रदेश संसदीय क्षेत्र विकास कोषको १५ लाख रुपियाँ, तत्कालिन नगर उपप्रमुख सरस्वतीदेवी चौधरीमार्फत जीतपुरसिमरा उपमहानगरपालिकाबाट १५ लाख , सरस्वती देवी चौधरीबाट ४४ हजार बराबरको २ ट्रिप गिट्टी र स्थानीय नवीन अधिकारीबाट २२ हजार बराबरको १ ट्रिप गिट्टी सहयोग गरिएको शिलालेखमा उल्लेख गरिएको छ ।

1662821900619

विभिन्न विधामा सम्मान

संस्थाले आफ्नो दशौँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । साकोसको भवन निर्माणका लागि मधेश प्रदेश साँसद सुन्दरबहादुर विश्वकर्मा,

1662822240190निवर्तमान नगर उपप्रमुख सरस्वतीदेवी चौधरी

1662822257121 र नवीन अधिकारीलाई सम्मान गरिएको थियो । त्यसैगरी शिक्षातर्फ एसइइमा उत्कृष्ट अंक ल्याउने नेरामावि औराहाका मुस्कान थापा र निकेश रामलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा जेष्ठ सेयर सदस्य दुर्गालक्ष्मी खरेल र दुर्गाप्रसाद भट्टलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट ऋणी कविता हुमागाइँ, उत्कृष्ट व्यवसायी कृषक नजरा खातुन, नियमित कारोबारकर्ता सावित्री न्यौपाने, संस्थाका कर्मचारी सरस्वती लामिछानेलाई सम्मानित गरिएको थियो । स्थानीय जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो । यता नेफ्सकुनका केन्द्रीय अध्यक्ष परितोष पौड्याल, नेफ्सकुनका कार्यकारी प्रमुख प्रकाश पोख्रेल र नेफ्सकुनका पूर्व कोषाध्यक्ष केशव पोख्रेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार

साकोसले यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०७९बाट सयपत्री अनलाइनकर्मी सीता अधिकारुीलाई प्रदान गरेको छ । समुदाय, सामाजिक गतिविधि र सहकारीसम्बन्धी समाचार सम्प्रेशण गरेको भन्दै अधिकारीलाई यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०७९बाट पुरस्कृत गरिएको हो ।

1662829947613

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु