२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

मेलिना मैनालीको “गुनगुनाउने बानी“ सार्वजनिक

२०७९ भाद्र २६, आईतबार मा प्रकाशित ( साल अघि) ४९७ पाठक संख्या

1662905882938

सिमरा, २६ भदौः गायक कमल खत्री र गायिका मेलिना मैनालीको स्वरमा गुनगुनाउने बानी सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीत कमल खत्रीको आफ्नो युटुव च्यालनमार्फत विश्वभर रिलिज गरिएको हो । प्रेमकथामा आधारित गीत गुनगुनाउने बानीमा कमल र मेलिनाले स्वर मात्रै दिएका छैनन्, अभिनयसमेत आफैँ गरेका छन् । गीतको भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका छन् भने भिडियोलाई पवन सुस्लिङले छायाँकन एवं सम्पादन गरेका हुन् । गायक खत्रीकै शब्द, संगीत रहेको गीतमा बिजेश्वर राज तण्डुकारको संगीत संयोजन छ । यसअघि यी दुईले स्वर दिएको ‘फिक्का फिक्का’ गीत निकै हिट भएको थियो । त्यसपछि ‘के के हुन्छ’, ‘म गीत हुँ तिम्रो २’ लगायतका केही गीतहरूमा कमल र मेलिनाले सहकार्य गरिसकेका छन् । यी दुईको सहकार्यलाई श्रोता एवं दर्शकले रुचाउँदै पनि आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु