२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरामा हुने दोस्रो अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिताको तयारी पूरा

२०७९ भाद्र २८, मंगलबार मा प्रकाशित ( साल अघि) ७११ पाठक संख्या

सीता अधिकारी
सिमरा, २८भदौ : भोलिदेखि सिमरा रंगशालामा हुन लागेको दोस्रो अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजित बाराको जीतपुरसिमरास्थित सिमरा रंगशालामा भदौ २९ गतेदेखि असोज १गतेसम्म सञ्चालन हुन लागेको अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको हो । आज पत्रकार सम्मेलन गरी आयोजकले तयारी पूरा भएको जानकारी दिएका हुन् ।
प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक हरि चौधरीले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उप बिजेताले ७५ हजार रुपैया पाउने संयोजक चौधरीले जानकारी दिनुभयो ।

1663081178532

सहभागी टिमहरु
प्रतियोगितामा बागमती भेट्रान, भेट्रान सिटी वीरगञ्ज , भुटनदेवी भेट्रान, कालभैरव भेट्रान हेटौँडा, माोरंग भेट्रान, अभिषेक चर्च परासी, नागसोति भेट्रान, हेटौँडा, चितवन भेट्रान चितवन, बीरगञ्ज युथ एकेडेमी, भेट्रान, काठमाडौँ भेट्रान, कलकत्ता भेट्रान भारत, डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा, दार्जिलिग भेट्रान भारत, सिमरा भेट्रान ए र सिमरा भेट्रान बीको सहभागिता रहनेछ ।
नेपाल र भारतका विभिन्न भेट्रान कप फूटवल प्रतियोगितामा सहभागिता जनाउदै आएको सिमराले दोस्रो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्न लागेको हो । यसअघि देशभरीका भेट्रान क्लबको सहभागितामा २०७४ सालमा प्रथम संस्करण आयोजना भएको थियो । देशभरीबाट सहभागी हुने क्लबबाट राष्ट्रिय टोलीका पूर्व खेलाडीसमेतले खेल्ने हुँदा प्रतियोगिता रोमाञ्चक हुने अपेक्षा आयोजकले गरेको छ ।

जीतपुरसिमरा गोल्डकपले सिमरालाई राष्ट्रिय स्तरमा चिनाउन र फूटवलको विकास गर्न सहयोग गरिरहेको अवस्थामा भेट्रान प्रतियोगिताले थप मद्यत पुग्ने अध्यक्ष राजकपुर राउतले बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मुख्य सहयोगीको भूमिकामा रहेका स्व. मञ्जुदेवीका छोरा श्यामबाबु गुप्ताले सिमरामा खेलकुद गतिविधिलाई निरन्तरता दिदै जानुपर्ने बताउनुभयो ।
सहप्रायोजक
हुलास स्टिल, जगदम्बा स्टिल, यु आर गोल्ड प्रिमियर अटोमेटिक लण्ड्री रहेका छन् । त्यसैगरी जनरल इन्सुरेन्स्, अल्पाइन हसिपटलले खेलअवधी भर सहयोग गर्ने बताइएको छ । खेलको गोल नेपाल डटकम मार्फत लाइभ गरिने आयोजकले जनाएका छन् । प्रतियोगिताको प्रवर्द्धकमा खेलकुद पत्रकार महासँघ रहेको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी र संचारकर्मीको उपस्थिती रहेको थियो । प्रतियोगिताको अनुमानित बजेट करिब १० लाखको रहेको आयोजकले बताएका छन् । सिमरा भेट्रानका अध्यक्ष राजकपुर राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु