२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाल दिवसका अवसरमा नमुना मावि सिमराद्वारा विविध कार्यक्रमको आयोजना

२०७९ भाद्र २९, बुधबार मा प्रकाशित ( साल अघि) ३१८ पाठक संख्या

सिमरा, २९ भदौः राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय नमुना मावि सिमराले आज विविध कार्यक्रमको आयोजना गरेको छ । बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मूल नारालाई आत्मसाथ गर्दै विद्यालयले दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरेको हो ।

FB_IMG_1663136731046
विद्यालयका बालविकास देखि कक्षा १० सम्मका छात्रछात्रा विविध खेलकुद तथा रचनात्मक क्रियाकलापमा सहभभागी भएका थिए । यसैक्रममा २ सय मिटर दौड, प्लेकार्ड निर्माण प्रतियोगिता, २ सय मिटरको चम्चा गुच्चा दौड, चित्रकला प्रतियोगिता, कविता वाचन, डस्टर बनाउने प्रतियोगितामा विद्यार्थी सहभागि भएका थिए । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्य,

FB_IMG_1663136745494

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बस्नेत, तहगत इन्चार्जहरुद्वारा पुरस्कार प्रदान गरिएको थियो ।बालअधिकारसम्बन्धी प्लेकार्डसहित विद्यार्थीहरु शिक्षकले सिमरा वजार परिक्रमा समेत गरेका थिए ।

IMG_20220914_122025

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु