सीता अधिकारी,
सिमरा, २ असोजः विश्वमा मात्र नभएर नेपालमा पनि आत्महत्या बढ्दै गएकोले यसको रोकथामको लागि चेतना आवश्यक भएको भन्दै बाराको सिमरामा सचेतनामुलक र्यालीको आयोजना गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय सिमराले आज आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी जनचेतना जगाउन कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, नगरपालिकाका प्रतिनिधि,शिक्षक, विद्यार्थी तथा प्रहरीहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुले आत्महत्या रोकथामका लागि प्लेकार्ड र सचेतनामूलक व्यानर प्रदर्शन गरेका थिए । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाले कार्यक्रम गरिनुको उद्देश्य आत्महत्या रोकथामका लागि जनचेतना जगाउनु रहेको बताउनुभयो । उहाँका अनुसार गत भदौ २५ गते अर्थात सेप्टेम्बर १० का दिन मनाइने विश्व आत्महत्या रोकथाम दिवसमा बेलायती महारानी एलिजाबेथको निधन भएपछि नेपालले पनि शोक मनाउँदै तीन दिन औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो । तयारी गरिएको कार्यक्रम स्थगित भएपछि उक्त कार्यक्रम आज गरिएको प्रनाउ तिमल्सेनाले बताउनुभयो ।
आज ७७ वटै जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणसमबन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताइएको छ । यसैवीच जिल्ला प्रहरी कार्यालयले पनि विभिन्न झाँकीसहित आत्महत्या रोकथाम तथा न्यूनीकरणसमबन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
कहिले मनाइन्छ आत्महत्या रोकथाम दिवस
विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ । आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ आइएयसपीद्वारा आयोजित र विश्व स्वास्थ्य सङ्गठनद्वारा समर्थित छ । घटनाले आत्महत्या रोकथाममा ध्यान केन्द्रित गर्ने विश्वव्यापी प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ ।
आत्महत्याका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनको धाराणा
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष आत्महत्याका कारण ८ लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको छ र विश्वव्यापी आत्महत्यामध्ये लगभग ७७% निम्न र मध्यम आय भएका देशहरूमा हुन्छन् । प्रत्येक आत्महत्याको लागि आत्महत्याको प्रयास गर्ने वा गम्भीर आत्महत्या गर्ने विचार गर्नेहरू धेरै छन ्। आत्महत्याको व्यवहारले परिवार र समुदायलाई गहिरो प्रभाव पार्छ र लाखौँ प्रभावित भएकाले विश्वव्यापी चुनौती बनेको छ। आत्महत्या मृत्युदर घटाउनु विश्वव्यापी महत्व र सार्वजनिक स्वास्थ्य विचारको अत्यावश्यक छ। विश्वमा हुने हरेक १०० मृत्युमध्ये एक जना आत्महत्याको परिणाम हो। सन् २०२२ को नारा “कार्यहरू मार्फत आशालाई जगाउने” भन्ने रहेको छ ।