२०८१ अषाढ ३०, शनिबार
नयाँ
पछिला अपडेट

मानव अधिकार तथा शान्ति समाज बाराको १९ औं जिल्ला सभा सम्पन्न

२०७९ आश्विन ८, शनिबार मा प्रकाशित ( साल अघि) २२० पाठक संख्या

सिमरा, ८ असोजः मानव अधिकार तथा शान्ति समाज बारा शाखाको १९ औं जिल्ला साधारणसभा शनिबार सिमरामा सम्पन्न भएको छ । राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संसकृति भन्ने मूलनाराका साथ मानव अधिकार तथा शान्ति समाजले आफ्नो १९ औँ साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहालले मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्रको प्रतीकका रुपमा चारवटा मैनबत्ती प्रज्वलन गरी कायक्रमको उद्घाटन गर्नुभएको थियो । संस्थाका सभापति सिर्जना गिरीको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव (मधेश प्रदेश)अमर गौतम, निवर्तमान प्रदेशसभा सदस्य शोभा लामा, ईलाका प्रशासन कार्यलय सिमराका प्रमुख तारा प्रसाद आचार्य, एमाले नेता देवनारायण चौधरी,  राजाराम साह, शान्ति समाज बाराका पूर्व सभापति रघुनाथ लामिछाने, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, नेपाल पत्रकार महासँघका अध्यक्ष रेशम तिवारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । पूर्व उपसभापति पुष्पराज खतिवडाको स्वागत, पूर्व केन्द्रिय सदस्य सीता अधिकारीको संचालन रहेको कार्यक्रममा समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष हरि थपलिया, नेपाली काँग्रेसका नगर सभापति छवी शर्मा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, नेपाल राष्ट्रिय भूतपूव सैनिक सघका अध्यक्ष रामचन्द्र न्यौपाने, बारा जिल्ला फुटबल सघका सदस्य शम्भुसिंह ठकुरी, समाजका पूर्व उपसभापति प्रदीप धनञ्जय लगायतको उपस्थति रहेको थियो ।

1664034967452 (2)

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु