२०८१ आश्विन २२, मंगलबार
नयाँ
पछिला अपडेट

उज्यालो टाँगियावस्ती अभियान पूरा, टाँगियाबासीले फेरे उज्यालोमा सन्तोषको श्वास

२०७९ आश्विन ८, शनिबार मा प्रकाशित ( साल अघि) ७३० पाठक संख्या

सीता अधिकारी,
टाँगियावस्ती, ८ असोजः वर्षौवर्षदेखि अन्धकारमा जीवन गुजारिरहेका बारा टाँगियावस्तीका बासिन्दाले शनिबारदेखि उज्यालोमा श्वास फेर्न पाएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १६ को टाँगियावस्तीमा विजुलीको उज्यालो प्रकाश परेपछि टाँगियावस्तीका बासिन्दाले उज्यालोमा आनन्दको श्वास फेरेका हुन् ।

Facebook_1664042263996_6979499124049902888
मट्टी तेल र टुकीबत्तीको भरमा रहेका अधिकाँश स्थानीय बासिन्दा बत्ती बलेपछि हर्षित भएका छन् । २०३२ /०३३ सालतिरबाटै टाँगियामा बसोबास गर्दै आएका सुकीलाल बोमजन र मंगलीमाया बोमजन मात्र होइन, ६० वर्षीया हेममाया जिम्मा पनि उत्तिकै खुसी देखिन्थिन् । अब त खेतीबारीमा बोरिंगबाट सिचाइ हुने, घरमा पंखा चलाउन सकिने, फ्रिज राख्न सकिने, राति अबेरसम्म बसेर पनि घरधन्दा गर्न सकिने, बालबालिकालाई पढ्न सजिलो हुने उनीहरुले बताएका थिए । तामाङ, मगर, कामी, दमाईं, बाहुन, क्षेत्री जातिको बाहुल्यता रहेको सो बस्तीमा हाल १ हजार ४ सय ७६ घरधुरीका करीब १० हजार मानिस बस्दै आएका छन् । हालसम्म ४ सय ५० घरधुरीले मिटर जडान गरेको विद्युत प्राधिकरण सिमराले जनाएको छ । बाँकी घरधुरीले पनि मिटर जडान कार्य अघि बढाएको वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेलले बताउनुभयो ।

1664042467874

उज्यालो टाँगिया वस्ती

उज्यालो टाँगिया वस्ती अभियान सफल भएसँगै टाँगिया वस्ती विद्युतीकरण कार्यक्रमको शनिबार उद्घाटन गरिएको छ । बारा निर्वाचन क्षेत्र न.३ का निवर्तमान साँसद रामबाबु यादवले विद्युतीकरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले लामो समयको प्रयास पछि टाँगियाबस्तीमा विद्युत्तीकरणको काम पूरा भएकोमा हर्ष व्यक्त गर्नुभयो । आज औपचारिक रूपमा बत्ती बालेर यादवले विद्युतीकरणको उदघाटन गर्नुभएको हो ।

1664041620646

उद्घाटनपछि निवर्तमान साँसद यादवको स्थानीय बासिन्दाले जयजयकार गरेका थिए ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगर पालिकाका प्रमुख राजन पौडेलले टाँगियाकै केही वस्तीमा अझै पोल पुग्न नसकेकोले त्यसको पनि छिटै समाधान गरिने बताउनुभयो । कार्यक्रममा उपप्रमुख भोला अधिकारीले टाँगियावासीको विद्युतको सपना पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

Facebook_1664042566991_6979500394901732888

वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेलको सभाध्यक्षतामा सम्पन्न उयालो टाँगियावस्ती अभियान उद्घाटन समारोहमा नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रलाई स्थानीयहरुले विशेष धन्यवाद व्यक्त गरेका थिए । टाँगिया वस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले स्वागत गर्नुभएको कार्यक्रममा टाँगियाका जुझारु सक्रिय युवा नवराज सञ्जेलको सहजीकरण रहेको थियो । कायक्रममा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु यादव, डुमरवाना कलेजका राधेश्याम शिवाकोटी, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

टाँगियाबस्ती विद्युतीकरण कार्यक्रम
११ के.भी.प्रसारण लाइन ७ कि.मि., एल.टी. लाइन करिव २० कि.मि., बनक्षेत्रमा इन्सुलेटेड कभर्ड कन्डक्टरको प्रयोग (रूख नकाटिकन मोटरबाटोको छेउछाउबाट लाइन तानिएको) बताइएको छ । जसमा ११ मि. पोल संख्या १सय ६१ थान रहेको छ भने ८/९ मि. पोल संख्या ४ सय १३ थान रहेको जनाइएको छ । त्यसैगरी १०० के.भि.ए. ट्रान्सफरमर ४ थान रहेको नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ । मिति २०७८ चैत्रबाट काम शुरू भएको र अथक मिहिनेत र परिश्रमबाट यही भदौ महिनामा काम सम्पन्न गर्न सफल भएको बताइएको छ ।

1664042942654

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%२०%७%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु