२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बडा दशैँको अवसरमा नमुना मावि सिमराद्वारा सम्मानलगायत विविध कार्यक्रमको आयोजना

२०७९ आश्विन ९, आईतबार मा प्रकाशित ( साल अघि) ६६३ पाठक संख्या

सिमरा, ९ असोजः वडा दशैँको शुभ अवसर पारेर नेपाल राष्ट्रिय मावि सिमराले आज विविध कार्यक्रमको आयोजना गरेको छ । नजिकिँदै गरेको विजया दशमी, दीपावली तथा छठलगायतका पर्वहरुको शुभकामना दिँदै विविध कार्यक्रमकाके आयोजना गरेको हो ।

कक्षा १२ मा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान
कक्षा १२ मा उत्कृष्ट अंक ल्याई उर्त्तीण हुने छात्र छात्रालाई विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको छ । वि सं २०७८ सालको कक्षा १२को परीक्षामा नमुना मावि सिमरा बाट उत्कृष्ट अंक ल्याइ उर्त्तीण हुने एक जना ३.६ –४.० जिपिए ल्याउने र २१ जना ३.२ –३.६ जिपिए ल्याउने लाई आज नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको हो ।

कक्षा ११ का विद्यार्थीलाई स्वागत

शैक्षिक सत्र २०७९ मा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । नयाँ भर्ना हुने विद्यार्थीलाई स्वागत र जानेलाई उज्जवल भविष्यको कामना गर्दै विदाइ गरिने परम्पराअनुसार आज कक्षा १२ का विद्यार्थीले भव्य साँस्कृतिक कार्यक्रमसहित कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन् ।
यसैगरी विद्यालयका प्रधानअध्यापक शंकरकुमार आचार्यले व्यावहारिक सिप अन्तरगत मन्टेश्वरी कक्षाका बालबालिकाले उमारेको जमरा र टिका लगाइदिँदै शुभकामना व्यक्त गर्नुभयो ।

1664090118305

जगदम्बालाई सम्मान
विद्यालयले जगदम्बा स्टिललाई आज सम्मान गरेको छ । विद्यालयको अक्षय कोष स्थापना, विद्यार्थीलाई न्यानो पोसाक वितरण, विशेष गरी विद्यालयको भौतिक संरचना निर्माणका लागि आवश्यक निर्माण सामग्री, छड, जस्तापातामा विशेष सहुलियत उपलब्ध गराई सामाजिक उत्तरदायित्व निर्वाह गरी योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो । जगदम्बाका तर्फबाट कुमुद ढकालले सम्मान ग्रहण गर्नुभएको थियो । समय समयमा प्रदुषणका कारण विवादमा आउने गरे पनि जगदम्बाले सिमराको समग्र विकासमा टेवा दिँदै आएको छ ।

1664089836031
कार्यक्रम वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । विद्यालयका प्रधानअध्यापक शंकरकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका वरिष्ठ अध्यापक सञ्जय श्रीवास्तवले विद्यालयको प्रगतिका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु इन्दिरा सुवेदी, गीता शर्मा, भरत भुर्तेल, सोम बम्जनलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाको रहेको थियो । संचालन शिक्षक गोपी अधिकारकिो रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु