२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेका जीतपुरसिमरा वडा नं ३ को शुभकामना, रुखमा मतदान गर्ने अधिकार नखोस्न नेतृत्वसँग आग्रह

२०७९ आश्विन १५, शनिबार मा प्रकाशित ( साल अघि) ३१३ पाठक संख्या

सीता अधिकारी
सिमरा, १५ असोजः नेपाली काँग्रेस बाराका नेता तथा कार्यकर्ताले नेपाली काँग्रेस पार्टी र रुख चिह्नमा मतदान गर्न पाउने अधिकारलाई कुण्ठित नगर्न नेतृत्व तहसँग आग्रह गरेका छन् । बाराको सिमरास्थित होटल इच्छामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ ले दशैँ दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गठबनधनका नाममा चुनाव चिह्न रुखमा कार्यकर्ताको मतदान गर्ने अधिकार कुण्ठित नर्गन आग्रह गरेका हुन् । शुभकामना आदनप्रदानका क्रममा नेतृत्व वर्गले कार्यकर्ताको भावना विपरित काम गरेमा कार्यकर्ताले आफ्नो व्यक्तिगत स्वतन्त्रतालाई प्रयोग सकिने धारणा व्यक्त गरेका थिए ।
नेपाली काँग्रेस वडा नं ३ का सभापति पुस्कर रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति अमिरीलाल पाल, समाजसेवी एवं नेपाली काँग्रेसका नेता इच्छाबहादुर वाग्ले, नेपाली काँग्रेस महिला सँघकी केन्द्रीय सदस्य नारायणी रायमाझी, बारा क्षेत्र नं ४ क का सभापति सुमनकुमार भट्टराई, जीतपुरसिमरा नगर सभापति छवी शर्मा, महाधिवेशन प्रतिनिधि कपिलदेव यादव, वडा नं ५ का वडा सभापति डमरु विक, वडा नं १०का सभापति जादोलाल सहनी, वडा नं ४ का प्रत्यासी वडाध्यक्ष विनोद सापकोटा लगायतकाले मन्तव्य राख्नुभएको थियो ।

1664635241385

वडा नं ३ का प्रत्यासी दिनेश सुवेदीको स्वागत तथा युवा नेता सुशिल ढोडारीको सञ्चालन रहेको कार्यक्रममा बारा क्षेत्र नं ४ का अधिकाँश सक्रिय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु