२०८१ आश्विन २२, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरामा नमुना मतदान कार्यक्रम, इच्छाइएको व्यक्तिद्वारा मतदान गर्न पाउनुपर्ने दृष्टिबिहीनको माग

२०७९ आश्विन १५, शनिबार मा प्रकाशित ( साल अघि) २७३ पाठक संख्या

सीता अधिकारी
सिमरा, १५ असोजः मतदाताहरु बाहिर लाइनमा थिए । कोही भित्र कर्मचारीहरु मतदाता नामावलमिा मतदातको क्रमसंख्या खोज्दै चिनो लगाउँदै थिए । कोही मतपत्र च्यातेर दिँदै थिए । मतदान अधिकृत मतपत्रमा धमाधम हस्ताक्षर गर्दै थिए । मतदाताहरु मत पेटिकामा मत खसाल्दै थिए ।

1664636710204

आउँदो मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नमुना मतदान थियो त्यो । नेत्रहीन युवा सँघले आयोजना गरेको मतदाता शिक्षा एवं राजनीतिक सहभागिता विषयक जिल्ला स्तरीय प्रशिक्षक तालिममा सहभागी भएका प्रशिक्षार्थी प्रशिक्षकहरुलाई मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

1664636782374

अपांगता भएका हरुलाई प्रदेश तथा प्रतिनिधि सभामा कति सदस्य हुने समानुपातिकमा कति हुने कस्तो रंगकाो मतपत्र प्रयोग गरिन्छ जस्ता कुरा तालिमबाट प्राप्त गरेको सहभागी अञ्जु धितालले जानकारी दिनुभयो । उहाँले मतदान स्थललाई अपांगमैत्री बनाउनुपर्ने भन्दै मतदानमा इच्छाइएको व्यक्तिद्वारा मतदान गर्न पाउने वातावरण मिलाइदिन सरोकारवालासँग आग्रह पनि गर्नुभयो ।
विशेष गरेर अपांगता भएका व्यक्तिहरुलाई मतदानस्थलसम्म पुगेर मतदान गर्न कठिनाइ हुने गरेकाले अबका दिनमा त्यस्ता कठिनाइ नहोस भनि जिल्लाका २५ जना व्यक्तिहरुलाई प्रशिक्षकको तालिम दिइएको नेत्रहीन युवा सँघ बाराका अध्यक्ष सुधिर चौधरीले जानकारी दिनुभयो । प्रशिक्षकहरु अब मतदाताको घर घरमा गएर मतदाता शिक्षा दिने उहाँले बताउनुभयो ।
मतदान गर्नका लागि दृष्टिबिहिनका सम्बन्धमा निर्वाचन आयोगले एकाघरको व्यक्तिको ठाउँमा इच्छाइएको व्यक्ति भन्ने पादवली राख्ने, दृष्टिबिहीनलाई ब्रेल लिपी भएको मतपत्र दिनुपर्ने, न्यूनदृष्टि भएका लाई ठूला अक्षर र उज्यालो कोठामा व्यवस्थापन गर्नुपर्ने माग रहेको आइफेथ तथा बाएन एशोसिएसन नेपाल बाराको परियोजना संयोजक विष्णु दाहालले बताउनुभयो । कार्यक्रममा नेपाल अपांग सेवा सँघ बाराका अध्यक्ष गंगा वाग्ले, नेत्रहिन युवा सँघ नेपालका पदाधिकारी, विभिन्न अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

16646367356851664636660059

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु