२०८१ अषाढ ३०, शनिबार
नयाँ
पछिला अपडेट

दुर्गा मन्दिर परिसरमा मण्डप उद्घाटन

२०७९ आश्विन १७, सोमबार मा प्रकाशित ( साल अघि) ५२८ पाठक संख्या

सिमरा, १७ असोजःबाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं. ४ औराहामा रहेको दुर्गा मनिदर परिसरमा मण्डप उद्घाटन गरिएको छ । फूलपाती बढार्इँ कार्यक्रमको अवसर पारेर उक्त मण्डप उद्घाटन गरिएको हो ।
पाँच लाख ५० हजारको लागतमा निर्माण गरिएको उक्त मण्डपको लगानी समाजसेवी एवं वडा नं ४ का वडाध्यक्षका प्रत्यासी बिनोद साप्कोटालगायत औराहामा रहेका सापकोटा परिवारले गरेका हुन् । समाजसेवी विनोद सापकोटाका स्वर्गवासी पिता खेटराज सापकोटाको स्मृतिमा बनेको उक्त संरचनाको स्वर्गीय खेटराजकी धर्मपत्नी एवं विनोद सापकोटाकी ममतामयी माता भद्रकुमारी सापकोटाले शिलालेख अनावरण गरी उद्घाटन गर्नुभएको थियो ।
दुर्गाभगवतीको मन्दिर परिसरमा बनेको ऊक्त संरचनाको निर्माणबाट मन्दिरको अतिरित्त कृयाकलाप, सामाजिक भेला, सभा समारोह, विवाह तथा अन्य कार्यमा सहयोग पुग्ने मन्दिर संरक्षण समिति अध्यक्ष भिमादेवी पौडेलले बताउनुभयो । आफ्ना स्वर्गवासी पिताको नाममा मिंन्दर जस्तो पवित्र ठाउँमा मञ्च स्थापना गर्न पाएकोमा आफूहरुलाई खुसी लागेको युवा व्यवसायी सापकोटा ग्रुपका अध्यक्ष कृष्णहरि सापकोटाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु