२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आफूले पाउने पारिश्रमिक सबै जनताका लागि खर्च गर्ने पूर्व श्रममन्त्री श्रेष्ठको भनाइ

२०७९ आश्विन २२, शनिबार मा प्रकाशित ( साल अघि) ३५७ पाठक संख्या

सिमरा, २२ असोजः पूर्व श्रममन्त्री तथा बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार किसान श्रेष्ठले शनिबार बारा जिल्लाका विभिन्न ठाउँमा भएको कार्यक्रमा आफूले पाउने पारिश्रमिक सबै जनताका लागि खर्च गर्ने बताउनुभएको छ । बाराको परवानीपुर, प्रसौनी, जीतपुरसिमरालगायतका ठाउँमा भएको शुभकामना कार्यक्रममा आगामी निर्वाचनमा आफू विजयी भए नेपाल सरकारबाट पाउने पारिश्रमिक भक्ता व्यत्तिगत रूपमा खर्च नगरीकन बारा क्षेत्र नं ४ को विकासमा लगाउने बताउनुभएको हो ।
उहाँले बारा–पर्सा औद्योगिक करिडोरमा कम्तीमा ४० प्रतिशत रोजगारी स्थानीय युवाले पाउनुपर्ने बताउनुभएको छ । कांग्रेस–लोसपासहितको ५ दलीय गठबन्धनमा बारा क्षेत्र नं ४ मा उम्मेदवार बन्नुभएका श्रेष्ठले करिडोरका उद्योगहरूमा कम्तीमा ४० प्रतिशत रोजगारी स्थानीय क्षेत्रका बेरोजगार युवाहरूले पाउनुपर्ने बताउनु भएको हो ।
कार्यक्रममा जीतपुर सिमरा उपमहानगर वडा नं २३ का निवर्तमान वडाध्यक्ष अस्लम देवान,नेकपा एमाले नगर कमिटी सदस्य हाकिम अन्सारी सहित एक सय ५१ जना नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेको

IMG_20221008_120608

नेकपा एसका पोलिटव्युरो सदस्य दिनेश राईले जानकारी दिनुभयो ।
समतुल्लाह अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण खनाल, विरेन्द्र साह, कमला अधिकारी, नारायण घिमिरे, आर के भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु