२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराको क्षेत्र नं १ का तीन वटै सीटमा नेपाली काँग्रेसका उम्मेद्वार

२०७९ आश्विन २३, आईतबार मा प्रकाशित ( साल अघि) ३६५ पाठक संख्या

सिमरा, २३ असोजः आगामी मंसिर ४ गतेको निर्वाचनका लागि नेपाली काँग्रेस लगायत गठबन्धन दलले बारा क्षेत्र नं १ मा प्रतिनिधि र प्रदेश सभाका उमेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेस बारा क्षेत्र नं १. बाट नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई प्रतिनिधि सभा सदस्यका लागि र प्रदेश सभा सदस्य (क) बाट रमेश दंगाल त्यस्तै प्रदेश सभा सदस्य (ख) बाट नेपाली कांग्रेस सिम्रौनगढ नगरपालिकाका नगर सभापति नगेन्द्र प्रसाद कानु उम्मेदवार बन्नु भएको छ ।
त्यस्तै बाराको क्षेत्र नं. १ मा नेकपा एमाले र जसपा वीचको गठबन्धनमा एमालेका तर्फबाट प्रतिनिधि सभामा अच्युत मैनाली र प्रदेश सभा क मा त्रिलोकी चौधरीलाई टिकट दिएको हो । त्यस्तै गरी प्रदेश सभा एमाले र जसपाको गठबन्धनले प्रदेशको ख मा जसपाबाट सरोज यादवलाई टिकट दिइएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु