२०८१ चैत्र ५, मंगलबार
नयाँ
पछिला अपडेट

नौ लाख नक्कली नोटसहित बारा प्रहरीद्वारा तीन जना पक्राउ

२०७९ आश्विन २४, सोमबार मा प्रकाशित ( साल अघि) ३७५ पाठक संख्या

सिमरा, २४ असोजः नौलाख नक्कली नोटसहित बारा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बारा प्रहरीले ठूलो परिणाममा नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले भारत बिहार राज्यका २५ वर्षीय रञ्जित कुमार मुखिया, बारा कलैया उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीय सैनुल्लाह अंसारी, बारा सिम्रौनगढ नगरपालिका–२ बस्ने ३६ वर्षीय बिनाका मुखिया बिनलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
यही असोज २१ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले सिम्रौनगढ –५ कनकपुर टोलबाट उनीहरुलाई पक्राउ गरेको थियो । सुरुमा प्रहरीले रञ्जितले कम्मर पेटीको भागमा लुकाएर ल्याएको नेपाली १ हजार दरका नोटको १ ठेली र उसले चलाएर आएको मोटर साइकलको सिट मुनीबाट ८ ठेली गरी ९ ठेली नक्कली जस्तो देखिने ९ लाख नोट फेला पारेको थियो ।
निजसँग सोधपुछ गर्दा उक्त नोट सैनुल्लाह र बिनाकाले मगाएको भनी निजले बयान दिएका थिए । त्यसपछि असोज २३ गते प्रहरीले उनीहरु दुवैजनालाई पक्राउ गरेर ल्याएको थियो । प्रहरीका अनुसार बिनाका यसअघि पनि जाली नोटको कारोबार गरेको आरोपमा दुई पटक पक्राउ परिसकेका व्यक्ति हुन् ।

नक्कली नोटको कारोबारमा गिरोह नै संलग्न हुन सक्ने आशंकामा गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

1665397563588

नक्कली नोट सप्लाई गर्ने, ओसार्ने र बजारमा पठाउने मानिस पक्राउ परिसकेका छन् । अन्य थुप्रै मानिसहरुको संलग्नता देखिन्छ’, उहाँले भन्नुभयो ‘उनीहरुको सञ्जाल तोड्नेगरि काम अघि बढेको छ ।’

मोटरसाइकल चोर्ने पनि पक्राउ

बारा प्रहरीले दुईजना मोटरसाइकल चोर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ स्थित गरूडा मलाही टोल स्थितमा सोही नगरपालिका को वडा नम्बर ५ बस्ने वर्ष १९ को रामनारायण राय यादव र सोही स्थानमा बस्ने वर्ष २१ को अजय राम रहेको प्रहरी ले जनाएको छ ।
उनीहरुले असोज २२ गते राती १ बजे करैयामाई गाउँपालिका वडा नं.८ स्थित नरही टोल बाट मोटरसाइकल चोरी गरि रौतहट लगेको प्रहरी को अनुसन्धान मा खुलेको छ ।प्रहरीले ऊनीहरुको साथ बाट थप एक भारतीय नम्बर प्लेट को मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरु दुबैलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटी ले जानकारी दिनुभएको छ । ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु