२०८१ अषाढ ३०, शनिबार
नयाँ
पछिला अपडेट

बाराको प्रसौनीस्थित ढोरा खोलामा दुई नावालिकसहित ३ जनाको शव फेला

२०७९ आश्विन २६, बुधबार मा प्रकाशित ( साल अघि) १९५ पाठक संख्या

सिमरा, २६ असोजः बाराको प्रसौनीमा एकै परिवारका तीन जनाको हत्या गरी फालेको अवस्थामा शव भेटिएको छ । प्रसौनी गाँउपालिका ५ प्रस्टोकास्थित ढोरा खोलाको किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो ।

प्रस्टोका गाँउदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविरको हत्या गरि फालेको अवस्थामा शव भेटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार तीनै जनालाई बीभत्स तरिकाले हत्या गरिएको छ । घटना लगत्तै प्रहरीले दीपेन्द्रलाई घाइते अवस्थामा फेला पारेको छ । उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो लगिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु