२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

गठबन्धनको उम्मेद्वारलाई जिताउन नै आफूले दिएको उम्मेद्वारी फिर्ता लिएँ : नेतृ रायमाझी

२०७९ आश्विन २९, शनिबार मा प्रकाशित ( साल अघि) ३१२ पाठक संख्या

सिमरा, २९ असोजः नेपाली काग्रेसकी नेतृ नारायणी रायमाझी ‘निरु’ ले गठबन्धनको उम्मेदरलाई जिताउन नै आफूले दिएको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएको बताउनुभएको छ । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेद्वारलाई सहयोग गनृ आग्रह गरेपछि आफूले सो निर्णय लिएको र अब प्रचारपसारमा लाग्ने बताउनुभएको हो । गठबन्धनको तर्फबाट क्षेत्र नं नम्बर ४ क का प्रदेशसभा सदस्य उम्मेदवार अनिल श्रेष्ठलाई विजयी गराउन आफू सक्रिय भएर लाग्ने भन्दै उहाले निर्वाचन अभियानमा होमिन काग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘अनिलजीलाई मेरो साथ छ, म उहाँलाई विजयी गराउन सक्रिय भएर लाग्नेछु’ उहाले भन्नुभयो

बारा ४ क का उम्मेदवार श्रेष्ठद्धारा स्वागत

नेपाली काग्रेसकी महिला नेतृ नारायणी रायमाझी ‘निरु लाई सिमरा बिमानस्थलमा स्वागत गरिएको छ । बारा क्षेत्र नम्बर ४ क को प्रदेशसभा सदस्य उम्मेदवारी फिर्ता लिएर बारा आउनुभएकी रायमाझीलाई बारा ४ क का उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिल द्धारा सिमरा बिमानस्थलमा स्वागत गरिएको हो ।

रायमाझीलाई बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलले स्वागत गर्नुभएको थियो । रायमाझीले प्रधानमन्त्री शेर बहादुर देउवाको आग्रहपछि हिजो स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

काग्रेस नेतृ रायमाझीलाई स्वागत गर्न सत्ता गठबन्धनका नेता कार्यकर्ताहरु सिमरा बिमानस्थल पुगेका थिए भने शुभेच्छुक र कार्यकर्ताले विमानस्थलदेखि रायमाझीको घरसम्म मोटरसायकल र्यालसिहित पुर्याएका थिए ।
नेतृ रायमाझीलाई स्वागत गर्दै क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलले गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु