२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बैदेशिक रोजगारीमा जाने युवाको लागि राखिएको प्रि अन्तर्वार्ता स्थगित , प्रकिया अनुसन्धान हुँदै, आफ्नो संलग्नता नरहेको पूर्वमन्त्री श्रेष्ठको भनाइ

२०७९ आश्विन ३०, आईतबार मा प्रकाशित ( साल अघि) २८६ पाठक संख्या

सिमरा, ३० असोजः बाराको परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा बैदेशिक रोजगारीमा जाने युवाको लागि राखिएको प्रि अन्तर्वार्ता स्थगित भएको छ । मतदातालाई प्रभावित पार्ने उदेश्यसहित उम्मेदवारको चुनावी ब्यानरमुनि अन्तर्वार्ता राखिएको भन्दै अन्य राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरितका कार्य गरिएको भन्न्दै विरोध जनाएपछि अन्तरवार्ता स्थगित गरिएको हो ।

1665933177777

यसै विषयमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालसँग सम्पर्क गर्दा उहाँले अहिले प्रहरीले काजपत्र अनुसन्धान गर्दै छ । कुनै पनि उम्मेद्वारले आचारसिंहता उल्लघंन हुने कार्य गरेमा त्यो सजायको भागीदार हुने तर यो सवालमा भने प्रहरीको अनुसन्धान सकिएपछि मात्र बोल्न मिल्ने बताउनुभयो । प्रजिअ कटुवालले कागजपत्र र प्रक्रिया अध्ययन गरेपछि मात्र यस विषयमा बोल्न मिल्नेछ भन्नुभयो । अनुसन्धानमा म्यान पावर कम्पनीले अन्तरवार्ता लिने वैधानिक प्रक्रिया पूरा गरेको भए अन्तरवार्ता नरोकिने प्रजिअ कटुवालको भनाइ थियो ।

मेरो कुनै संलग्नता छैन : पूर्वमन्त्री श्रेष्ठ

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भईसक्नु भएका श्रेष्ठलाई चुनावी प्रचारमा म्यानपावर कम्पनीको प्रयोग गर्नुभएको हो ? भन्ने प्रश्न गर्दा श्रेष्ठले आफ्नो कुनै संलग्नता नरहेको बताउनुभयो । उहाँले म्यानपावर कम्पनी आफैँले परवानीपुरमा अन्तरवार्ता राखेको हो त्यसमा आफ्नो कुनै किसिमको संलग्नता नभएको दावी गर्नुभयो । परवानीपुरमा प्रि अन्तरवार्त भनेर विज्ञापनमा नै उल्लेख गरिएकोले त्यस कार्यमा मेरो कुनै संलग्नता छैन उहाँले भन्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जानका लागि तातो घाममा लाइनमा बसेर अन्तरवार्ता दिँदै गरेका युवाको अन्तरवार्त स्थगित भएपछि उनीहरुको राोजगारीको अवसर गुम्छकि भन्ने चिन्ता लागेको बताउनुभयो । उहाँले भन्नुभयो, यदि मैले चुनावी आचारसंहिता उल्लघन गर्ने भए युवाहरुलाई सिमराकै आफ्नै होटलबाट अन्तरवार्ता लिने वातावरण बनाउने थिएँ, परवानीपुर पुग्नै पर्दैनथ्यो, यो त चुनावी इगो मात्र हो श्रेष्ठले भन्नुभयो । छनौट प्रक्रिया बारामा हुनु यहाँको युवाको लागि सहज अवसर थियो तर रोकियो । अन्तरवार्तामा पास भएका व्यक्तिले निशुल्क वैदेशिक रोजगारमा जाने अवसर गुम्नु हुँदैन भन्ने आफ्नो धारणा रहेको पूर्वमन्त्री श्रेष्ठले बताउनुभयो ।

के थियो विज्ञापनमा ?
फ्रि भिसा/फ्रि टिकटमा मलेसियास्थित रोजगारदाता कम्पनी स्यारिकात सिन क्वङल प्लास्टिक इण्डष्ट्रिजमा रोजगारीको अवसर रहेको भन्दै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले सात सय ५० जना पुरुष र ५० जना महिला कामदार माग गरेको सूचना निकालेको थियो ।

1665928723768

अन्तर्वार्ताका लागि सर्लाही, मोरङ, सुनसरीसहित देशका विभिन्न स्थानबाट युवाहरु परवानीपुर आएका थिए । यस विषयमा थप जानकारी लिन म्यानपावरका सञ्चालकसँग मोवाइल सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु