२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

२०७९ कार्तिक १, मंगलबार मा प्रकाशित ( साल अघि) ४६७ पाठक संख्या

 

सिमरा, १ कात्तिकः आउँदो प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि बाराको डुमरवानामा मतदाता शिक्षा एवम नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।मतदान केन्द्र कसरी पहुँचयुक्त बनाउने भन्ने सन्देश दिने उद्देश्यले सञ्चालन भएको यस कार्यक्रम यूएस एड र आइएफइयसको आर्थिक सहयोग तथा नेत्रहीन युवा संघ नेपाल केन्द्रीय कार्यालयको प्रायोजनमा नेत्रहीन युवा संघ नेपाल जिल्ला शाखा बाराको आयोजनमा सम्पन्न भएको हो ।
पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराइ मतदान गर्न योग्य १८ देखि २२ वर्ष उमेर समुहका व्यक्तिहरु तथा अपाङ्गता भएका व्यक्तिहरुलाई मुख्य प्राथमिकतामा राखी कार्यक्रमको आयोजना गरिएको थियो । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानामा संचालित कार्यक्रममा करिव ६० भन्दा बढिको उपस्थिति रहेको थियो ।

1666058785149
निर्वाचन प्रकृयाकै ढाचामा कार्यक्रम आयोजना गरिएको र उक्त नमुना मतदान प्रक्रियामा विद्यालयका प्रधानाध्यापक अक्षय कुमार चौधरीलाई मतदान अधिकृत र सोही विद्यालयका अर्का शिक्षक रोहित चौधरीलाई सहायक मतदान अधिकृत बन्नुभएको थियो
कार्यक्रममा ५०% भन्द माथिको हाराहारीमा विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । नमुना मतदानमा अन्य सहभागी साथै विद्यालयका शिक्षक कर्मचारी केही स्थानीय लगायत सन्चारकर्मीहरुले पनि नमुना मतदान कार्यक्रममा सहभागिता जनाएका थिए ।

1666058774229

झण्डै ६० भन्दा बढी मत खसेकोमा १७ मत बदर भएको बताइएको थियो
यस्ता कार्यक्रमहरु स्थानीय तह निर्वाचन २०७९ देखि आसन्न निर्वाचन सम्म चल्ने यसै परियोजना अन्तर्गत बारामा रहि कार्य गर्दै आएका कार्यक्रम संचालक विष्णु दाहालले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु