२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नागरिकता बिधेयक पास गर्नका लागि गठबन्धन आवश्यकः यादव

२०७९ कार्तिक २, बुधबार मा प्रकाशित ( साल अघि) २८९ पाठक संख्या

कलैया, २ असोजः संविधानसभा सदस्य एवम बारा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख का उम्मेदवार रामअयोध्या यादवले संविधानको रक्षा एवम नागरिकता बिधेयक पास गर्नका लागि गठबन्धन आवश्यक भएको बताउनु भएको छ । नेपाली काँग्रेस कबहीगोठले कबहीमा आयोजना गरेको चुनावी प्रचारप्रसार एवम छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधान कार्यन्वयनमा पटक पटक प्रहार गरि संविधानको घाटी निमोठ्ने काम विपक्षीदलका नेताहरुले गरेको बताउदै सरकारले दुई पटक साँसदबाट पास गरि राष्ट्रपति कहाँ स्वीकृत गर्नका लागि पठाउँदासमेत फिर्ता पठाउने सम्मको काम गरेको हुदा यो संविधानमा खतरामा नै रहेको प्रष्ट पार्नुभयो ।

मुलुकको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको बताउदै यादवले तराई मधेसको समस्या पनि काँग्रेसले नै समाधान गर्ने भन्नु हुदै रुख चिन्हसहित गठबन्धनमा रहेको उम्म्देवारहरु मतदान गरि बिजयी गराउन आग्रह गर्नुभयो । संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, बिधिको शासन कायम गर्न, सुशासनको प्रत्याभूति आम नागरिकमा दिलाउने, निष्पक्ष एवम धाँधलीरहित निर्वाचन गराई मुलुकमा शान्ति स्थायित्व, बिकास समृद्धि कायम गराउदै अधिनायाकवादलाई परास्त गर्नका लागि पनि लोकतान्क्रिक शतिहरु मिल्नुको बिकल्प नरहेको प्रदेशसभाका उम्मेदवार यादवको तर्क रहेको थियो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सुवर्ण गाँउपालिकाका अध्यक्ष राजेश यादवले सरकार बनाउने र गिराउने काममा मात्र अल्झेर मुलुकलाई बार्बदीको दिशामा ल्याउने काम गर्दे संविधान बनाउन असफल भएपछि नेपाली काँग्रेस पार्टीको तत्कालिन सभापति सुसिल कोईराहाको नेतृत्वको सरकारले मुलुकमा संविधान निर्माण गरि नपाली जनताको अधिकारको प्रत्याभुती गराउने काम गरेको जानकारी दिनुभयो । पालिकाका सभापति रुपनारायण यादवको अध्यक्षतामा सम्पन्न सो चुनावी सभामा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य रामाकान्त साह, सिकेन्द्र पासवान, नेताहरु राजेन्द्र सिह, रामएकवाल प्रसाद यादव, प्रल्हाद प्रसाद यादव, अकल प्रसाद यादव, श्यामबाबु प्रसाद यादव, असर्फीराय यादव, ओमबाबु यादव, उमाशंकर प्रसाद यादव, मोकदम अंसारी, सतेन्द्र यादव लगायतकाले आफनो बिचार ब्यत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु