२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

स्वतन्त्र उम्मेद्वार वाग्लेको विश्रामपुरमा जनदर्शन

२०७९ कार्तिक ५, शनिबार मा प्रकाशित ( साल अघि) ५२६ पाठक संख्या

सिमरा, ५ कात्तिकः बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार ईच्छाबहादुर वाग्लेको विश्रामपुरमा आज जनदर्शन कायृक्रम सम्पन्न भएको छ । शुभकामना आदान प्रदान तथा जनदर्शन कार्यक्रमका साथै घरदैलो कार्यक्रमलाई पनि वाग्लेले तीव्रता दिएका छन् । वाग्लेको घरदैलो कार्यक्रम बाराको विश्रामपुर गाउँपालिकाबाट शुरु भएको हो ।
आज शनिवार विहान आफ्ना शुभेच्छुक एवं मतदाता भेटघाटका लागि घरदैलो कार्यक्रम शुरु गरेका वाग्लेलाई विश्रामपुरका स्थानीयले भब्य स्वागत गरेको कार्यक्रमका एक वक्ता सुशिल ढोडारीले जानकारी दिनुभयो । ढोडारीका अनुसार कार्यक्रममा सहभागी सयौं स्थानीयले दलका उम्मेदवारप्रति वितृष्णा जागेको बताउँदै वाग्लेलाई जितको शुभकामना दिएका थिए ।

IMG 20221022 WA0042
स्वतन्त्र उम्मेद्वार इच्छाबहादुर वाग्लेले कार्यक्रममा उपस्थित समर्थकहरुले यसपटक चापाकलमा मतदान गरि स्वतन्त्र उम्मेदवारलाई विजयी बनाउन आँफूहरु कसैको दबाब र प्रभावमा नपर्ने बताएपछि जनताको अपार स्नेहका कारण आफूले चुनाव जित्ने पक्का भएको दावी गर्नुभयो ।
आजै विश्रामपुरको वरैनी र इटिहाइमा सम्पर्क कार्यलयको पनि उद्घाटन गरिएको बताइएको छ ।

IMG 20221022 WA0022

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु