२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अधुरा योजना सबै पूरा गर्छुः मन्त्री चौधरी

२०७९ कार्तिक ६, आईतबार मा प्रकाशित ( साल अघि) ४७७ पाठक संख्या

नीजगढ, ६ कात्तिकः नेपाली काँग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्ना अधुरा योजना पूरा गर्न पनि आफ्नो रहेको बताउनुभएको छ । बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार बन्नु भएका चौधरीले आज पाँच दलीय गठबन्धनको नगर चुनाव प्रचार प्रसार समितिको कार्यालय भवनको उद्घाटन गर्ने क्रममा

1666537268069

सञ्चारकर्मीसँग सो कुरा बताउनुभएको हो ।
चौधरीले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा आफूले काम सम्पन्न गरिसकेको भएपनि केही योजनाहरु अझै अधुरो भएकोले आफू पुनः निर्वाचनमा होमिएको बताउनुभएको हो । कार्यक्रममा बारा निर्वाचन क्षेत्र १ का प्रदेश सभा सदस्य रमेश दंगालले कृषि, सिँचाइलगायतका क्षेत्र आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

1666537346088

गठबन्धनको नगरस्तरीय भेला
बारा क्षेत्र नं १ को नीजगढमा ५ दलीय गठबन्धनद्वारा नगरस्तरीय भेला आयोजना गरिएको छ ।

1666537334318

नेपाली काँग्रेस नीजगढका नगरसभापति नवराज तिमल्सेनाको अध्यक्षता, नेकपा माओवादीका नगर अध्यक्ष सन्तोष दंगाल र एकीकृत समाजवादीका नगर अध्यक्ष भीम सापकोटाको सहअध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मधेशप्रदेशका उपसभापति चन्द्रशेखर यादव, नेकपा माओवादी खेलकुद विभाग सदस्य युवराज लामा रहनुभएको थियो ।
त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय चुनाव प्रचार प्रसार समितिका सदस्य शम्भुबहादुर बुढाथोकी, नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विजयशंकर यादव, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य रविराज दंगाल, नेपाली काँग्रेसका मधेश प्रदेश सदस्य सीता मैनाली, मनमाया तामागं, माओवादीका बेन मोक्तान, धनमाया लामा, नेपाल काँग्रेसका महासमिति सदस्य महेशी, पदम भण्डारी, कृष्णबहादुर लो, सुरेशकुमार खनाल, पेमासिद्धी लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा माओवादीका जिल्ला सदस्य संगम लोप्चनले स्वागत मन्तव्य राख्नुभएको थियो ।

1666537389889

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु