२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उद्घाटन खेलमा आयाेजक अेजेल क्लब विजयी

२०७९ कार्तिक ९, बुधबार मा प्रकाशित ( साल अघि) ४४३ पाठक संख्या

सिमरा, ९ कात्तिकः तेस्रो जिल्ला स्तरीय नकआउटग फुटवल प्रतियोगिताकाे उद्घाटन खेलमाआयोजक ओजेल युवा क्लबले सनराइज युवा क्लब नयाँ वस्ति ,काेल्हवीलाई २-१ गोल अन्तरले पराजित गरेकाे छ । दिपावली तथा छठ पर्वकाे अवसरमा बाराकाे जीतपुरसिमरा १६ टाँगियाबस्तीमा ओजेल युवा क्लब ध्दारा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयाेजक क्लव विजयी भएको हाे ।

आयोजक क्लबका जर्सी न ९ समीर मगरले १ र जर्सि न १०का सचिन खडकाले १ गाेल गरेका थिए भने सनराइज क्लबका जर्सी न १२का खेलाडीले १ गरेका थिए । एक गोल गर्नुका साथै आर्को गोलमा असिस्ट गरेका समीर मगर म्यान आफ दि म्याच घोषित भै १ हजार ५ सय प्राप्त गरेका थिए भने प्रतियोगितामा १६ टिमकाे सहभागी छन । खेल कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमकाे समुद्घाटन

ओजेल युवा क्लवका संस्थापक अध्यक्ष कृष्ण बुढाथाेकीकाे सभाध्यक्षतामा भएकाे समुद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पैडेल, उपप्रमुख भाेला अधिकारी , वडा नं १६का वडाध्यक्ष हरिदेव खरेललगायतले कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे । कार्यक्रम सञ्चालन संस्थाका अध्यक्ष नमराज सन्जेलले गर्नु भएको थियोे ।

Received_483613620384785

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%७%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु