२०८१ आश्विन २७, आईतबार
नयाँ
पछिला अपडेट

बाख्रा चराउन जाँदा हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

२०७९ कार्तिक १०, बिहिबार मा प्रकाशित ( साल अघि) ३०१ पाठक संख्या

सीता अधिकारी
सिमरा,१० कात्तिकः बाख्रा चराउन जाँदा हात्तीको आक्रमणमा परी घाइते भएकी बारा अमलेखगञ्जकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१, अमलेखगञ्जकी रुकैया खातुनको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेभित्र बाख्रा चराऊने क्रममा जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएकी खातुनको सिमरास्थित अलपाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार ५१ वर्षीय खातुनको हात्तीको आक्रमणबाट कम्मरमुनी गम्भीर चोट लागेको थियो पछि उपचारको क्रममा मृत्यु भयो ।जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी खातुनको परिवारलाई तत्काल किरिया खर्च ५० हजार र राहत स्वरुप १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने निकुञ्जले जनाएको छ ।

1666366645169

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेत्र र आसपासका वस्तीमा केहीदिनदेखि हात्तीले दुःख दिँदै आएको छ । एकसाता अघि पनि पर्सा निकुञ्जभित्रै आफैले पालेको हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको थियो ।
बुधबारमात्र निकुञ्जले निकुञ्ज आसपासका वस्ती र वरपरका नागरिकलाई जंगली हात्तीको आक्रमणबाट जोगाउन सचेतना जगाउन माइकिंगसमेत गरेको थियो । अहिले पनि निकुञ्जका कर्मचारी गस्ती गरिरहेका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु