२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्था छातापिप्राको ८ औं बार्षिक सभा सम्पन्न

२०७९ कार्तिक १९, शनिबार मा प्रकाशित ( साल अघि) २८४ पाठक संख्या

सीता अधिकारी
सिमरा, १९ कात्तिक: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड छातापिप्राको ८ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सभाको कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको हो । नगर प्रमुख पौडेलले कृषि तथा पशुपालनका क्षेत्रमा सहकारीसँग उपमहानगर सहकार्य गर्न तयार रहेको बताउनुभयो ।उहाँले सहकारीलाई स्थानीय सहकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

1667651844081

९ सय १० जना महिला सदस्य रहेको संस्थाले यस वर्ष १८ लाख २७ हजार ४ ५२ रुपियाँ मुनाफा गरेको जनाएको छ ।गत आर्थिक बर्षमा गरेको मुनाफाबाट १२ प्रतिशत लाभांश ( बोनस ) बितरण गर्ने सभाले पारितसमेत गरेको छ ।सभाले अध्यक्ष विजयता कुमारी चौधरीको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक सञ्जुदेवी, संस्थाका प्रबन्धक जीतेन्द्र चौधरीको बार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम र बजेट सुझावसहित पारित गरेको थियो ।

1667651820060

कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनी, साना किसान सहकारी संस्था डुमरवानाका अध्यक्ष बिस्वनाथ लामिछाने, सानाकिसान इनर्वासिराका अध्यक्ष सञ्जिला खातुन, प्रबन्धक झपेन्द्र बराल, मनहर्वा शाखाका प्रबन्धक पुष्पराज खतिवडालगायतको उपस्थिति रहेको थियो ।

अपांगता भएकालाई दोसल्ला र हर्लिक्स
संस्थाले अपांगता भएका पाँच जनालाई दोसल्ला ओढाइ हर्लिक्स प्रदान गरेको छ । संस्थामा आवद्ध सेयर सदस्यका अपांगता भएका छोराछोरीलाई दोसल्ला ओढाएर सम्मान गर्दै हर्लिक्स प्रदान गरेको हो ।

1667651755689

मायाको चिनो तथा सम्मान पत्र प्रदान
संस्थाले कार्यक्रमका प्रमुख अतिथि एवं उपमहानगर प्रमुख राजन पौडेललाई मायाको चिनो प्रदान गरेको थियो । यसैगरी उत्कृष्ट वचतकर्तालाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरेको थियो । त्यसैगरी उत्कृष्ट कारोबार गर्ने समूहलाई समेत सम्मान गरेको थियो ।

166765180477616676517913311667651776162

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु