२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

खेल क्षेत्रलाई प्राथमिकतामा राखेको नेपाली काँग्रेसका प्रचारप्रसार संयोजक महतको भनाइ

२०७९ कार्तिक २१, सोमबार मा प्रकाशित ( साल अघि) ११९५ पाठक संख्या

सीता अधिकारी
सिमरा, २१ कात्तिकः नेपाली काँग्रेसका एवं प्रचारप्रसार संयोजक एवं प्रवक्ता प्रकाश शरण महतले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । निर्वाचन अभियानका क्रममा बारा आईपुग्नुभएका महतले सिमरामा आज मधेस प्रदेश खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार समितिको भेटघाट तथा छलफल कार्यक्रममा आफूहरुले प्रचार प्रसार मात्र होइन काम गरेर देखाउने जिकिर गर्नुभयो ।
नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका नेता महतले खेलकुदले बालबालिका तथा युवाको शारीरिक तथा मानसिक तन्दुरुस्ति मात्र नभइ अनुशासन पनि सिकाउने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा उहाँले मिश्रित निर्वाचन प्रणाली भएकाले बहुमत कसैको पनि नआउने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, सबै दललाई बहुमत ल्याउन कठिन छ, कुनै दलको पनि बहुमत आउन सक्दैन’ । त्यसैले अहिलेको सन्दर्भमा गठबन्धन नै महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेता महतले ५ दलीय गठबन्धनका उम्मेदवार नै काँग्रेसको उम्मेदवार भएको बताउनुभयो ।

1667831224243
केन्द्रीय प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खेलकुद क्षेत्र समन्वय मधेसप्रदेश प्रचारप्रसार समितिका संयोजक कर्मा छिरिंग शेर्पाको सभाध्यक्षतामा भएको कार्यक्रममा बारा निर्वाचन क्षेत्र ४ का प्रतिनिधि सभाका उम्मेद्वार कृष्णकुमार श्रेष्ठ किसान, ४ क का प्रदेश सभा उम्मेद्वार क्षेत्र बहादुर श्रेष्ठ अनिल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी, केन्द्रीय सदस्य नगिना यादव, संविधान सभा सदस्य शोभाकर पराजुली, समानुपातिक उम्मेद्वार मधु शाही ठकुरी, मधेश प्रदेश सहमहामन्त्री जयनारायणप्रसाद यादव, बारा क्षेत्र नं ४ क का सभापति सुमनकुमार भट्टराई, काँग्रेस नेता कृष्णव्रत सिंह, नेतृ नारायणी रायमाझी, बारा जिल्ला फुटबल सँघकाा अध्यक्ष रामचन्द्र लामालगायतको उपस्थिति रहेको थियो ।

नेपाली काँग्से बारा क्षेत्र न. ४ का क्षेत्रीय सभापति सुनिल गुप्ताले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन युवा नेता नवीन कुमार बरालले सञ्चालन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु