२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा जिल्लालाई शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास गर्नेछुः यादव

२०७९ कार्तिक २६, शनिबार मा प्रकाशित ( साल अघि) ३८८ पाठक संख्या

सिमरा, २६ कात्तिकः जनता समाजवादी पार्टीका नेता एवं क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रामबाबु कुमार यादवले बारा जिल्लालाई शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास गर्ने बताउनुभएको छ । बाराको निर्वाचन क्षेत्र नं ३ को जैतापुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
यादवले शिक्षा, स्वास्थ, कृषि, सिँचाइ र उद्योग जिल्ललाको आवश्यकता भएको भन्दै यसको विकासको लागि बाटो र पुल पहिलो प्राथमिकता भएको बताउनुभयो । यसै अनुसार आफूले काम गरेको भनाइ व्यक्त गर्नुभयो ।
कार्यक्रममा जसपाका नेता एवं बारा निर्वाचन क्षेत्र नं ३ क का प्रदेश सभा सदस्य उम्मेद्वार भरत खड्कालगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु