२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

संस्थागत विद्यालयहरुमध्ये उत्कृष्ट ब्राइटर एकेडेमीमा नमुना मतदान

२०७९ कार्तिक ३०, बुधबार मा प्रकाशित ( साल अघि) ४३४ पाठक संख्या

सिमरा, ३० कात्तिकः बारा सिमराका संस्थागत विद्यालयहरुमध्ये उत्कृष्ट बन्दै गएको ब्राइटर एकेडेमीले आज विद्यार्थीहरुलाई मतदानको नमुना कार्य गराएको छ । बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २मा रहेको ब्राइटर एकेडेमीले आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै विद्यार्थीलाई नमुनाका रुपमा मतदान गराएको हो ।

कार्यक्रममा नमुना मतपत्र विद्यालयले उपलब्ध गराएको र अरु सम्पूर्ण व्यवस्थापन कक्षा १० का विद्यार्थी एवं शिक्षकहरुले गरेको विद्यालयका प्रधानाध्यापक राजुकुमार कार्कीले बताउनुभयो। उहाँले नमुना मतदान कार्यक्रमले विद्यार्थीहरुमा मतदान गर्ने पद्धति,प्रकिया र लोकतान्त्रिक भावनाको विकास हुने धारणा राख्नुभयो । प्रअ कार्कीका अनुसार विद्यार्थीहरुले आफ्ना अभिभावकलाई समेत त्यसबारेमा सचेत गराउने छन्। कार्यक्रममा विद्यार्थीहरुले निर्वाचन सम्बन्धी धेरै कुराहरु सिक्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।
उक्त नमुना मतदानमा कक्षा ७ देखि १० सम्मका ४१९ विद्यार्थीले मतदान गरेका र त्यसको मत परिणाम छिट्टै आउने कुरा नमुना मतदान कार्यक्रमका मतदान अधिकृत कक्षा १० की छात्रा निमा चौधरीले बताउनुभयो।
विद्यार्थीहरूले उत्साह जनक र सौहार्द वातावरणमा मतदान गरेको र नमुना मतदान कार्यक्रम सम्पुर्ण रुपमा व्यवस्थित ढङ्गले सम्पन्न भएकोमा सम्पूर्ण शिक्षक,विद्यार्थी ,स्काउटका विद्यार्थीहरुलाई ऊक्त कार्यत्रमका सहायक मतदान अधिकृत कक्षा १० का छात्र रोहन चौरसियाले धन्यवाद प्रकट गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु