२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराका एक सय ४५ मतदानस्थल अति संवेदनशील

२०७९ मंसिर ३, शनिबार मा प्रकाशित ( साल अघि) २८२ पाठक संख्या

सिमरा, ३ मंसिरः मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुरक्षाको दृष्टिकोणले बाराका एक सय ४५ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । बारा जिल्लाको कुल तीन सय पाँच स्थलमध्ये एक सय ४५ स्थल अति संवेदनशीलको सूचीमा राखिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अतिसंवेदनशीलबाहेक एक सय आठ मतदान स्थल संवेदनशील र ५२ स्थल सामान्य अवस्थामा छन् । शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान स्थललाई वर्गिकरण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निर्वाचनलाई शान्तिपूर्ण र विवादरहित ढंगबाट सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरेर ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । सुरक्षा व्यवस्था अन्तर्गत नेपाल प्रहरी र म्यादी प्रहरीले मतदान केन्द्रको भित्री सुरक्षा हेर्नेछ भने सशस्त्र प्रहरी र नेपाली सेना मतदान स्थल बाहिर परिचालित हुनेछन् ।

निर्वाचनका लागि जिल्लाभित्र एक हजार पाँच सय १९ नेपाल प्रहरी र तीन हजार एक सय ४४ म्यादी प्रहरी खटिने भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाराको चार वटा निर्वाचन क्षेत्रबाट चार लाख ३३ हजार पाँच सय चार मतदाता सहभागी हुँदैछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु