२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मधेसमा रहेर जनताको मन जित्ने गरी काम गर्छुः किसान

२०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित ( साल अघि) ३०८ पाठक संख्या

सिमरा, ९ मंसिरः बारा ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किशानले मधेसका जनताले असाध्यै माया गरेकाले आफू आभारी भएको बताउनुभएको छ । आज जीतपुर बजारमा जीतपछिको घरदैलो गर्दै मतदातालाई धन्यवाद दिने क्रममा श्रेष्ठले जनताको मन जित्ने गरि काम गर्ने बताउनुभएको छ । श्रेष्ठले जनअपेक्षााअनुसार काम गर्ने बताउनुभयो । श्रेष्ठले घरदैलोका क्रममा आफुले जनाएको प्रतिवद्ता पूरा गर्न आफू दृढ भएर लाग्ने भन्दै बारा ४ मा विकासको लहर छाउने पुन आश्वासन दिनुभयो ।
घरदैलो कार्यक्रममा जनाधार नभएको ठाउँमा काँग्रेसलगायत गठबन्धनबाट अपार माया पाएकोले आफ्नो पाँच वर्षे कार्यकाल मतदाताको भावना र गठबन्धनका नेता कायकर्ताको सुझावअनुसार नै चल्ने बताउनुभयो । घरदैलो कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य निरु रायमाझी, बारा क्षेत्र नं ४ का नेपाली काँग्रेसका बरिष्ठ नेता कृष्णव्रत सिंह लगायतको साथमा घरदैलो गरेकोले आम मतदातामा समेत खुसी छाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु