२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्था फत्तेपुरको २१ औं बार्षिक सभा सम्पन्न

२०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित ( साल अघि) ७०७ पाठक संख्या

सीता अधिकारी
सिमरा, ९ मंसिरः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड फत्तेपुरको २१ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
सभाको कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको हो । नगर प्रमुख पौडेलले कृषि तथा पशुपालनका क्षेत्रमा सहकारीसँग उपमहानगर सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले सहकारीलाई स्थानीय सहकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

८१ जना पुरुषसहित २हजार ३५ महिला शेयर सदस्य रहेको संस्थाले यस वर्ष ९३ लाख ५९ हजार ३सय २० रुपियाँ मुनाफा गरेको जनाएको छ ।

1669390473525

सभाले अध्यक्ष जयकिशुन प्रसाद चौधरीको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक गुमादेवी शर्मा, संस्थाका मुख्य प्रबन्धक कविताकुमारी बस्नेतको बार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम र बजेट सुझावसहित पारित गरेको थियो ।

1669390434664

कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनी, साना किसान सहकारी संस्था डुमरवानाका अध्यक्ष बिस्वनाथ लामिछाने, सानाकिसान इनर्वासिराका अध्यक्ष सञ्जिला खातुन, प्रबन्धक झपेन्द्र बराल, मनहर्वा शाखाका अध्यक्ष नयनकला खड्का,प्रबन्धक पुष्पराज खतिवडा, साना किसान सहकारी संस्था भोडाहाका अध्यक्ष विन्दा सिंह, प्रबन्धक नगीना साह, तेतरीयाका अध्यक्ष कान्तिदेवी चौधरी, प्रबन्धक भूपेन्द्र चौधरी, सपहीका अध्यक्ष अस्तुर्नीदेवी, प्रबन्धक अरुण चौधरी, छातापिपराका बिजेता चौधरी, नेपाल राष्ट्रिय मावि फत्तेपुरका प्रधानाध्यापक जयप्रका रायलगायतको उपस्थिति रहेको थियो ।

जेष्ठ र अपांगता भएकालाई दोसल्ला र हर्लिक्स

1669390271639
संस्थाले अपांगता भएका दुई जनालाई दोसल्ला ओढाइ हर्लिक्स प्रदान गरेको छ । संस्थामा आवद्ध सेयर सदस्यका अपांगता भएका छोराछोरीलाई दोसल्ला ओढाएर सम्मान गर्दै हर्लिक्स प्रदान गरेको हो ।
त्यसैगरी संस्थामा आबद्ध जेष्ठ सदस्यहरुलाई पनि दोसल्ला ओढाइ हर्लिक्स प्रदान गरेको छ ।

मायाको चिनो तथा सम्मान पत्र प्रदान

1669393347535
संस्थाले कार्यक्रमका प्रमुख अतिथि एवं उपमहानगर प्रमुख राजन पौडेललाई मायाको चिनो प्रदान गरेको थियो । यसैगरी साना किसान कृषि सहकारी सँघका अध्यक्ष मिश्रीलाल सहनी, वडा नं ५ का वडाध्यक्ष दीपक चौधरी, वडा नं ८ का वडाध्यक्ष शिवशंकर साह, वडा नं १२ का वडाध्यक्ष श्यामबाबु खाँलगायतलाई सम्मान गरेको थियो । यसैगरी उत्कृष्ट वचतकर्तालाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरेको थियो । त्यसैगरी उत्कृष्ट कारोबार गर्ने समूहलाई समेत सम्मान गरेको थियो ।

1669390596481

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु