२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कृषिमलको व्यवस्थापन गर्न जागे माननीय, केही दिनमै समस्या समाधान हुने विश्वास

२०७९ मंसिर १५, बिहिबार मा प्रकाशित ( साल अघि) ३२१ पाठक संख्या

 

सीता अधिकारी
सिमरा, १५ मंसिरः कृषिमलको व्यवस्थापन गर्न यहाँका माननीयले जागरुकता देखाएका छन् । कृषि मलको अभाव भएको भन्दै खेतीपातीमा समस्या भएको जनताले गुनासो गरेपछि माननीय जागरुक भएका हुन् ।
ती माननीय अरु कोही नभएर बारा षेत्र नं ४ का प्रतिनिधि सभासदस्य किशान हुन् । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किशानले आफ्नो निर्वाचन क्षेत्रका कृषकहरुलाई प्रयाप्त मात्रामा मलको आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन मतदाताकै घरदैलोमा पुग्नुभएका श्रेष्ठले कृषकहरुको समस्यालाई मध्यनजर गर्दै मलको प्रयाप्त व्यवस्था गर्न सरकारसंग आग्रह गर्नुभएको हो । बारा क्षेत्र नम्बर ४ मा कृषकको समस्याबारे चासो राख्दै श्रेष्ठले आज प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई फोन गरी मलको प्रयाप्त व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको हो ।
घरदैलोका क्रममा जनताले मलको अभाव रहेको गुनासो गरेपछि श्रेष्ठले प्रधानमन्त्रीका स्वकीय सचिव देउवालाई तत्कालै फोन गर्नुभएको थियो । यसैगरी श्रेष्ठले संघीय सरकारका मुख्य सचिव शंकर बैरागी र कृषि सचिव गोबिन्द शर्मालाई समेत फोन वार्ता गरी कृषकको समस्याप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले मलको समस्या केही दिनमा नै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

श्रेष्ठले बाटो, पुल, विद्यालय शिक्षा, मन्दिर, मस्जिद, गुम्बा निर्माणका लागि कुरा आएको साथै वेरोजगारी समस्यालाई आफूसामु प्रस्तुत गरेकोले ती समस्या समाधान गर्न आफू प्रतिबद्ध भएको समेत जनाकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु