२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

भद्र सहमतिपछि उठ्न थाल्यो जीतपुर सिमराको फोहोर

२०७९ मंसिर १५, बिहिबार मा प्रकाशित ( साल अघि) ३३९ पाठक संख्या

सीता अधिकारी
सिमरा,१५ मंसिरः एक साता पछि जीतपुरसिमराको फोहोर उठेको छ । जनप्रतिनिधि र स्थानीयको चार बुँदे भद्र सहमतिपछि आजबाट फोहोर उठ्न थालेको हो ।
बाराको सिमरामा आज भएको दुधौराबासी र जनप्रतिनिधि बीचको भद्र सहमतिमा दुधौराका स्थानीयहरुको तीन तीन महिनामा स्वास्थ्य शिविर वस्ने, यही मंसिर २४ गते नगरपालिकाको समन्वयमा आँखा चेकजाँचका लागि आँखा शिविर राख्ने, झिँगा, लामखुट्टेजस्ता रोग प्रशारक किराहरुको व्यवस्थापनका लागि किटनाशक दवाइ छिट्ने, बालबालिका पढ्ने विद्यालयका लागि पूर्वाधार निर्माण तथा शैक्षिक सामग्रीको व्यवस्थापन लगायतका बुँदाहरु रहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४का वडाध्यक्ष एवं उपमहानगरका प्रवक्ता भोजबहादुर खत्री ईश्वरले जानकारी दिनुभयो ।
छलफलमा नगरप्रमुख राजन पौडेल, वडा नं १ का वडाध्यक्ष हिराबहहादुर गुरुंग, वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की, वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्रीलगायत दुधौराबासीको उपस्थिति रहेको थियो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ स्थित दुधौरामा बसोवास गर्दै आएका स्थानीयले एक साता अघिदेखि उपमहानगरको फोहोर बोकेको गाडी रोकेका थिए । फोहोरको कारण दुर्गन्ध फैलिएको र झिँगा भन्किने गरेकोले गाउँका आम मानिसमा स्वास्थ्य समस्या देखिएको , पाँच महिना अघि मेयरले गरेको वाचा पूरा नगरेको भन्दै स्थानीयले फोहोरको गाडी रोकेका थिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु