२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

किसानको उत्पादनको उचित मूल्य दिन र स्थानीय स्तरमा बेरोजगारी न्यूनीकरण गर्न डेरी सञ्चालन

२०७९ मंसिर २७, मंगलबार मा प्रकाशित ( साल अघि) ५३० पाठक संख्या

 

सीता अधिकारी
सिमरा, २६ मंसिरः किसानालाई उत्पादनको उचित मूल्य दिन र स्थानीय स्तरमा बेरोजगारी न्यूनीकरण गर्न डेरी उद्योग खोलेको डुमरवानास्थित डेरी उद्योगका सञ्चालक अध्यक्ष रामप्रसाद लामिछानेले बताउनुभएको छ ।

1670860304787

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ को डुमरवानास्थित सुन्दरवस्तीमा डेरी उद्योग सञ्चालनमा ल्याउनुभएका अध्यक्ष लामिछानेले कृषकहरुमा व्यवसायिक पशुपालन, किसानकै हकहितलाई ध्यान दिएर मौलाकालिका डेरी प्रालि नामक उद्योग सञ्चालन गरेको दावी गर्नुभयो ।

सोमबार एक कार्यक्रमका वीच जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहनशर्मा लामिछानेले मौलाकालिका डेरी प्रा लि उद्योगको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा स्थानीयरुपमा मात्र उपभोग गरिरहेको दुधलाई राष्ट्रिय रुपमा निर्यात गरी यो क्षेत्रलाई मिल्क जोनको रुपमा विकास गर्न सकिने शर्माले बताउनुभयो ।
उद्योगले बारा जिल्लाको मात्र नभइ सर्लाही जिल्लादेखि दैनिक ३हजार ५सय लिटरसम्म दुध संकलन गर्ने गरेको छ भने पर्सासम्म दुध विक्री वितरण गर्ने गरेको संस्थाका प्रबन्धक नवीन पौेडेलले जानकारी दिनुभयो ।
करिव तीन करोडको लागतमा निर्मित उद्योगले प्याकेजिग, दुध घिउ, पनिरलगायतका दुग्धजन्य पदार्थ उत्पादन गरी आफ्नै फाम हाउससमेत खोल्ने योजना रहेको अध्यक्ष लामिछानेले बताउनुभयो । उद्योगमा अहिले १५ जना कमैचारीले काम गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु