२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मिनि चिडियाखाना बनाउने प्रस्ताव पास गर्दै थानीमाई सामुदायिक वनको १७ औँ वार्षिक सभा सम्पन्न

२०७९ पौष २३, शनिबार मा प्रकाशित ( साल अघि) २९८ पाठक संख्या

सिमरा, २३ पुसः सामुदायिक वनभित्र मिनि चिडियाखना बनाउने प्रस्ताव पास गर्दै थानीमाई सामुदायिक वन उपभोक्ता समिति सिमराको १७ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको बन्द सत्रमा कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल तथा पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।
सामुदायिक वन समितिका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, कार्यसमितिका पदाधिकारी, विभिन्न वन क्षेत्रका वन संरक्षणकर्मी, उपभोक्तालगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु