२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

देश बलियो बनाउन प्रेस बलियो हुनुपर्ने मेयर जैशवारको भनाइ

२०७९ पौष २६, मंगलबार मा प्रकाशित ( साल अघि) २३६ पाठक संख्या

कलैया,२६पुसःपचरौता नगरपालिकाका मेयर जालन्दर सिह जैसवारले प्रेस बलियो भए मात्र देश बलियो हुने कुरामा जोड दिनु भएको छ । राष्ट्रिय दलित पत्रकारसंघ नेपाल जिल्ला कार्य समिति बाराको दोस्रो जिल्ला अधिवेशनलाई कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा मंगलवार उदघाटन गर्दै मेयर सिहले प्रेस जगतलाई अझै बलियो र सशक्त बनाउन राज्यलाई अग्रसर हुन आग्रह गर्नुभएको थियो ।
समाजमा रहेका बिकृति, बिसंगतिलाई चिर्न, सभ्य समाजको निर्माण गर्न, बिधिको शासन कायम गराउन र भष्टाचारलाई निस्तेज गर्नका लागि पनि पत्रकारहरुको भुमिका निकै महत्वपूर्ण भएको जानकारी गराउदै निष्टापूर्वक पत्रकारिता गर्न आग्रहसमेत गर्नुभएको हो । सत्यलाई सत्य र असत्यलाई असत्य ऐनाजस्तो पार्दशि रुपमा पत्रकारिता गर्नेहरुको भविष्य रहेको स्मरण गराउदै समाज रुपान्तरणको दिशामा कलम चल्नुपर्ने कुरामा मेयर सिहले जोड दिनुभयो ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले अवाज बिहिनहरुको अवाज मिडिया बनी रहेको बताउदै अझै समाजका सोशित पिडित दलित समुदायका मुद्धाहरु पनि पत्रकारिताको माध्यबाट उजागर गर्नुपर्ने सुझाव दिनुभयो । राज्यबाट अहिलेफनि दलित समुदायका ब्यतिहरुलाई हेर्न दृष्टिकोण फरक रहेको भन्दै अध्यक्ष दासले दलितहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आग्रह गर्नुभएको हो । आफुलाई हिनताबोध हुने कामकाम नगरि ऊच्च मनोबलका साथ अगाडी बढनमा दलित समुदायका ब्यतिलाई दलित पत्रकार संघले मार्ग निर्देशन गरोस भने कामना समेत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाराका सहायक फ्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यले राज्यको चौथौ शतिको रुपमा रहेको मिडिया जगतले परिवर्तनका सम्बाहकको रुपमा काम गर्दे आएको बताउनुभयो । सत्य, तथ्य , टटस्त एवम निष्पक्ष रुपमा समाचार गर्दा यसले अझ मिडियाको र पकारहरुको गरिमालाई उच्च पार्दछ उहाँले भन्नुभयो । जिल्लामा शान्ति सुरक्षा, अमन , चयन गर्नका लागि प्रहरी प्रशासन पुर्ण कटिवद्ध भई अगाडि बढीरहेको बताउदै आउने दिनहरुमा पनि जिल्लालाई अझै शान्तिपुर्वक अगाडि बढाउनका लागि दतचित भई अगाडि बढने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रिय सचिव सिकेन्द्र पासवानको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाअध्यक्ष रामबाबु मेहता, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य गणेशराज रिजाल, बारा अध्यक्ष श्यामबाबु यादव, संमाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अजय कुमार साह, नेपाल पत्रकार महासंघका पुर्व उपाअध्यक्ष राकेश पाण्डेय, राष्ट्रिय अनुसंन्धानका उपनिर्देशक अभिनय कुमार सिह, प्रहरी नायव उपरिक्षक राजेश थापा, शसस्त्र प्रहरी नायव उपरिक्षक रबिन सिलवाल , नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य सीताकुमारी पासवान लगायतकाले आफmनो बिचार ब्यत गर्नु भएको थियो ।
निखिल पासवानका संचालन र बिपना सार्कीको स्वागतमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मेयर जैसवाललाई दोसल्लार कदर पत्रसहित समान गरिएको थियो । यसैगरि बन्द्रशत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी पुर्व मन्त्री कलावती पासवानले दलितहरुको अवाजलाई बुलन्द गर्न आग्ह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका निवर्तमान प्रदेश सासद सुन्दर बिश्वकर्माले बेतिथीलाई अन्त्य गर्न दलित पत्रकारहरुको काँधमा ठुलो जिम्मेवारी थपेको हुदा सम्बेदनशिल भएर काम गर्न सुझाव दिनु भएको थियो । बन्दशत्रले मेघराज पासवानको अध्यक्षतामा १३ सदस्यी जिल्ला कार्य समिति सर्व सहमतबाट चयन गरेका छन । समितिको पुरुष उपाध्यक्षमा शर्मा बैठा, महिला उपाध्यक्षमा बिपना सार्की, सचिवमा उपेन्द्र पासवान, सहसचिवमा सर्मिला सुनार,कोषाध्यक्षमा बिरकेश पासवान चयन भएका छन । समितिको सदस्यहरुमा भवना सुनार, अनु पासवान, सरोज दास, राहुल दास, जयप्रकाश राम, बलिराम महरा, राजु बैठा सर्व सहमत चयन भएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु