२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

फुटबललाई नै पहिचान बनाउँदै आएको नव जनजागृतिको १५औं वार्षिक सभा सम्पन्न

२०७९ पौष ३०, शनिबार मा प्रकाशित ( साल अघि) ३८६ पाठक संख्या

सिमरा, ३० पुसः फुटबललाई आफ्नो पहिचान बनाएको नव जनजागृति युवा क्लबको १५औं वार्षिक साधारणसभा शनिवार सिमरामा सम्पन्न भएको छ ।बाराको जीतपुरसिमरा १ को सिमरास्थित दुर्गा मन्दिरमा सम्पन्न साधारणसभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । ।
साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले नगरभित्रको खेलकुद गतिविधिको विकासका लागि नगर खेलकुद ऐन ल्याउने तयारी भैरहेको बताउनुभयो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष ताराबहादुर कार्की, क्लबका पूर्वअध्यक्ष राजकुमार भट्टराई, क्लबका सल्लाहकार रमेश खरेल, सुमनकुमार भट्टराई, युवराज पौडेल, किशोर त्रिपाठी, प्रेम बराललगायतको उपस्थिति रहेको थियो ।क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन संस्थाका सचिव श्याम सुवेदीले गर्नुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु