२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

आजदेखि दुधौरा रमाइलो मेला लाग्ने

२०७९ माघ ५, बिहिबार मा प्रकाशित ( साल अघि) ७६२ पाठक संख्या

सिमरा, ५ माघः आजदेखि बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ दुधौरा पुलमा दुधौरा रमाइलो मेला शुरु हुँदैछ । यसअघि माघ १ गतेबाट गर्ने भनिएको मेला प्राविधिक कारणले सर्न गएको मेला आयोजकले जनाएको छ ।
आज दिउसो जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमूख राजन पौडेलले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक लिड इन्टरटेन्मेन्टका प्रमूख बिमल खड्गीले जानकारी दिनुभयो । लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको मूख्य आयोजना तथा यूवा समाज डुमरवानाको सह आयोजनामा हुन गइरहेको मेलामा स्थानीयको मनोरञ्जन तथा व्यवसाय प्रवर्द्धनलाई मूख्य प्राथमिकता दिईएको छ ।

माघ २० गतेसम्म चल्ने मेलामा स्थानीय उत्पादन तथा स्थानीय परिकारका विभिन्न ५० स्टल रहने मेलामा मनोरञ्जनका लागि विभिन्न खेल तथा बालबालिकाका लागि बाल उद्यान तथा सेल्फी जोन समेत राखिनेछ । साथै मेलालाई थप रमाइलो बनाउन प्रत्येक दिन फरक कलाकारको सांगीतिक कार्यक्रम समेत राखिने मेलाका व्यवस्थापक शिव घलानले जानकारी दिनुभयो ।
मेलामा सांगीतिक प्रस्तुतिका लागि पुराना देखि नयाँ पुस्ताका चर्चित कलाकारहरु बारा आउनेछन् । यसवर्ष पशुपति शर्मा, प्रमोद खरेल, प्रकाश सपुत, अस्मिता अधिकारी, ज्योती मगर, मिस्टर डि लगायत ५० भन्दा बढि कलाकार बारा आउने मेला आयोजक लिड इन्टरटेन्मेन्टका अध्यक्ष विमल खड्गीले जानकारी दिनुभयो ।


जीतपुरसिमरा उपमहानगरपालिका तथा उपमहानगरकै १४ नम्बर वडा कार्यालयले मेलाका लागि आवश्यक व्यवस्थापकीय सहयोग गरेको आयोजकले जनाएको छ । मेलालाई व्यवस्थित बनाउन पार्किङ, सिसिटीभी क्यामेराबाट निगरानी, तालिम प्राप्त सुरक्षा गार्डहरुको व्यस्थापन गरिएको आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु