२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अब साना व्यवसाय दर्ता गर्न उपमहानगरपालिका धाइरहनु नपर्ने, वडाबाटै योजना पनि सम्झौता गर्न सकिने

२०७९ माघ ५, बिहिबार मा प्रकाशित ( साल अघि) २५५ पाठक संख्या

सीता अधिकारी
सिमरा, ५ माघः जीतपुरसिमराका प्रत्येक वडाबाट व्यवसाय दर्ता गर्न सकिने भएको छ । बिहीबार जीतपुर सिमराका सरकार प्रमुख राजन पौडेलले अब साना व्यवसाय दर्ता गर्न उपमहानगरपालिका धाइरहनु नपर्ने बताउनुभएको हो ।

मेयर पौडेलले बिहीबार बसेको कार्यपालिका बैठकबाट साना व्यवसाय वडाबाट दर्ता गर्ने र ठूला व्यवसाय मात्र नगरपािलकाबाट दर्ता गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।तेस्रो दुधौरा रमाइलो मेलाको उद्घाटन गर्दै सरकार प्रमुख पौडेलले वडास्तरीय योजनाहरु वडाबाटै सम्झौता गरिने पनि जानकारी दिनुभयो । यस अघि जीतपुरसिमराका वडास्तरीय सबै योजनाको सम्झौता नगरपालिकाबाटै हुदै आएको थियो ।

नगरको कार्यपालिका बैठकले अब वडाको सबै योजनाको सम्झौता पनि वडामै हुने निर्णय गरेको जीतपुरसिमरा उपमहानगरका प्रमुख पौडेलले बताउनु भयो । वडाको योजनाको सबै सम्झौता वडाबाटै गरेर काम सम्पन्न गरी रकम भुक्तानीको लागि मात्र नगरपालिकामा जानुपर्ने पौडेलको भनाइ थियो ।

वडामा योजना सम्पन्न भएको वडाले दिएको सिफारिसको आधारमा नगरले भुक्तानी दिने उहाँले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु