२०८१ माघ ९, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको दुधौरामा रमाइलो मेला सुरु

२०७९ माघ ५, बिहिबार मा प्रकाशित ( साल अघि) ९२९ पाठक संख्या

सिमरा, ५ माघः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौरामा आजदेखि रमाइलो मेला सुरु भएको छ । वडा नं. ४ र १४ लाई जोड्ने तेस्रो दुधौरा खोलामा विहीबारदेखि  दुधौरा रमाईलो मेला सुरु भएको हो ।

मेलाको जीतपुरसिमरा उपमहानगरपालिकाका सरकार प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले जीतपुरसिमरामा मेला महोत्सवलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । रमाईलो गर्न मात्र महोत्सव गर्न नहुने भन्दै उहाँले व्यापार व्यवसायको प्रवर्द्धन गर्न बिशेष जोड दिनुपर्ने बताउनुभयो । उहाले नगरको समग्र विकासमा ध्यान दिनसमेत सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सरकार उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरको चौतर्फी विकासमा सबै लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष चयन मगर, १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नं १६ का अध्यक्ष हरिदेव खरेल, चेम्बर अफ कमर्स बाराका अध्यक्ष रुपेश पोख्रेल, नगर अध्यक्ष मनलाल श्रेष्ठ, स्थानीय समाजसेवी, सञ्चारकर्मी, कलाकार तथा सर्वसाधारको उपस्थिति रहेको थियो ।

आयोजक द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रालिका अध्यक्ष बिमल खड्गीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सन्चारकर्मी सुनिल गाउँलेले गर्नुभएको थियो । द लिड इन्टरटेन्टमेन्ट एण्ड एड्भरटाईजिङको मुख्य आयोजना र युजा समाज डुमरबानाको सह आयोजनामा महोत्सव सुरु भएको हो ।
माघ २० गतेसम्म संचालन हुने मेलाले स्थानीय व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।मेलामा ५० वटा व्यवसायिक स्टल रहनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु