२०८१ मंसिर ८, शनिबार
नयाँ
पछिला अपडेट

निकै कम सर्ने सरुवा रोग भनिएको कुष्ठरोगबाट बारामा ६ सय १३ जना प्रभावित

२०७९ माघ ७, शनिबार मा प्रकाशित ( साल अघि) ८८५ पाठक संख्या

सीता अधिकारी
कलैया, ७ माघः कुष्ठरोगलाई निकै कम सर्ने सरुवा रोग भनिए पनि  यस आ.वमा बारामा ६ सय १३ जना कुष्ठरोग प्रभावित भएका छन् ।बाराको कलैयामा आयोजित पत्रकारहरुको लागि कुष्ठरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।

दि लेप्रोसी मिसन नेपाल बाराका फोकल पर्सन प्रिती थापाकाअनुसार बाराको पचरौता नगरपालिकामा मात्र १ सय २ जना कुष्ठरोग प्रभावित रहेका छन् । जिल्लाको १६ वटा पालिकामध्ये सबैभन्दा धेरै प्रभावित रहेको पालिका यही भएकोले पनि आगामी माघ १३ गते पचरौतामा छाला शिविर आयोजना गर्न लागिएको थापाले जानकारी दिनुभयो ।

1674296441336
दि लेप्रोसी मिसन नेपालको तीन जिल्ला हेर्ने अनुगमन तथा मूल्यांकन अधिकृत ऋजु तिवारीका अनुसार आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदनलाई हेर्ने हो भने देशभरि २ हजार १ सय ७३ जना कुष्ठरोगबाट प्रभावित भएको देखिन्छ । मधेश प्रदेशमा ७ सय ४३ जना र मधेस प्रदेशके बारामा ८४ , पर्सामा १ सय १७ र रौतहटमा १ सय १० जना प्रभावित रहेको तथ्यांक छ ।

1674296313260

तर यस वर्ष मधेश प्रदेशको बारा जिल्लामा ६ सय १३ जना, पर्सा जिल्लामा ५ सय ४१ र रौतहट जिल्लामा ५ सय ३८ जना कुष्ठरोग प्रभावित रहेको तथ्यांक छ ।

के हो कुष्ठरोग ?

दि लेप्रोसी मिसन नेपाल बारामा कार्यरत डा. प्रकाश पौडेलका अनुसार

1674296396771

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो रोग बढी किटाणु भएको एम. बी र कम किटाणु भएको पी. बीको नामले चिनिन्छ ।

कसरी सर्छ ?
यो निकै कम सर्ने सरुवा रोग भएपनि उपचार नगरेको कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको माध्यमबाट सर्न सक्छ । सामान्यतया यो रोग सरेको २ देखि ५ वर्षभित्रमा कुष्ठरोगको चिन्ह र लक्षण देखा पर्ने डा. पौडेलले जानकारी दिनुभयो ।

लक्षण कस्ता कस्ता ?

छालामा रातो वा फुस्रो दाद आएमा, अनुहार वा शरीरमा गीर्खाहरू देखिएमा, कानको लोति बाक्लो र चम्किलो देखिएमा लगायतका लक्षणहरू कुष्ठरोगको लक्षण हुने चिकित्शकहरुको भनाइ छ ।

औषधी कहाँ पाइन्छ ?
नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, स्वास्थ्यचौकी, तथा प्रेषण केन्द्रमा कुष्ठरोगको औषधी निशुल्क पाइन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु