२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जंगली मत्ता यमगजको दुस्कार्यबाट जोगाउन ढोईहरुलाई सारियो प्रतापपुर

२०७९ माघ १२, बिहिबार मा प्रकाशित ( साल अघि) ३२८ पाठक संख्या

सीता अधिकारी
सिमरा, १२ माघः जंगली हात्ती यमगजले दुःख दिएर चरिचरनमा समस्या आएपछि पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका ८वटा हात्तीहरुलाई पुन अर्कै ठाउँमा सारिएको छ । निकुञ्जको रामभौरीभाठा सेक्टरमा रहेका पोथी हात्तीहरुलाई चरिचरनमा समस्या तथा जंगली हात्ती यमगजले दुःख दिन नछाडेपछि एक साताअघि ती हात्तीलाई मकवानपुरको प्रतापपुर पोस्टमा सारिएको हो ।

जंगली हात्ती यमगजको दुस्कार्यबाट पोथी हात्तीहरुलाई छुटकारा दिलाउन निकुञ्ज प्रशासनले मंसिरको पहिलो साता ती हात्तीलाई अमलेखगञ्जस्थित हात्तीसारबाट स्थानान्तरण गरी त्यहाँबाट २५ किमि पश्चिममा रहेको निकुञ्जको कोर एरिया मानिने पर्साको रामभौरीभाठामा लगेर राखेको थियो ।
तर त्यहाँ पनि जंगली हात्तीले दःख दिन नछाडेपछि हात्तीहरुको सुरक्षाका लागि निकुञ्जले ढोईहरूलाई प्रतापपुर पोस्टमा सार्नु परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘करिब २ महिना रामभौरीभाठामा ढोईहरुलाई राख्यौं तर जंगली हात्ती यमगजले त्यहाँ पनि पुगेर ढोईहरूलाई दुःख दिइरह्यो, उनीहरूलाई चराउन समस्या भयो , हात्ती दुब्लाउन थालिसकेका थिए त्यसैले उपाय नलागेर सारेका हौँ । अहिले प्रतापपुरमा आनन्दले हात्ती चरिरहेको छ ।’

रामभौरीभाठाबाट करिब ३७ किमी पश्चिम प्रतापपुर पोस्टमा लगेर हात्तीसारका ८ ढोईलाई राखिएको छ । जंगली हात्ती अन्यत्र गएपछि मात्र पुन अमलेखगञ्ज हात्तीसारमा ल्याउने निकुञ्ज प्रमुख रामले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु