२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बालिका र समावेशी शिक्षाको प्रबर्द्धन गर्न जीतपुरसिमरामा पालिकास्तरीय सञ्जाल गठन

२०७९ माघ १६, सोमबार मा प्रकाशित ( साल अघि) ४८५ पाठक संख्या

सीता अधिकारी
सिमरा, १६ माघः सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने तथा बालिका शिक्षा र समावेशी शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले बाराको जीतपुर सिमरा उपमहानगरमा नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको गठन गरिएको छ । शिक्षालगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बाराको सक्रिय गैह्रसरकारी संस्था जेजेवाइसीको सहकार्यमा एक्टिभ परियोजना अन्तरगत नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको गठन गरिएको हो ।

1675081394099
सञ्जालको नगर प्रमुख राजन पौडेल संरक्षक रहनुभएको छ भने नगर उपप्रमुख भोलाप्रसाद अधिकारी संयोजक रहनुभएको छ । त्यसैगरी नगरका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोख्रेल, सामाजिक विकास अधिकृत सुदन चौधरी, महिला तथा बालबालिका प्रमुख दुर्गा न्यौपाने, स्वास्थ्य शाखा प्रमुख रवि भास्कर सदस्य रहनु भएको छ । यस्तै शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसाद साह सदस्य सचिव रहनुभएको छ ।
नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जालको बैठकबाट बाँकी सदस्यहरु मनोनित गरी सञ्जाल गठनलाई पूर्णता दिने निर्णय समेत भएको छ । एक्टिभ परियोजना अन्तरगत बारा जिल्लाको कलेया उपमहानगरपालिका जीतपुर सिमरा उपमहानगर पालिकामा नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको गठन गरिएको र यी दुई पालिकाका १० वटा विद्यालयमा कार्यक्रम लागू गरिएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु