२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

लोटस एकेडेमीको २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

२०७९ माघ १६, सोमबार मा प्रकाशित ( साल अघि) ३०७ पाठक संख्या

सीता अधिकारी
सिमरा, १६ माघः बाराको सिमरामा रहेको संस्थागत विद्यालय लोटस एकेडेमीले सोमबार २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला प्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका साँसद देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

1675081046981
कार्यक्रममा एन प्याब्सनका पूर्व केन्द्रीय सचिव नारायण शर्मा, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, एन प्याव्सनका अध्यक्ष प्रभुलाल कुशवाहा, व्याब्सनका अध्यक्ष नेत्र दाहाल, अभिभावक सन्तोष घिमिरे, संस्थागत विद्यालयहरुबाट वसन्त ढकाल, प्याब्सनका नगर अध्यक्ष रञ्जित सापकोटालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रबहादुर लिम्बुले स्वागत गर्नुभएको कार्यक्रममा शिक्षक रामप्रसाद पोख्रेलको सञ्चालन रहेको थियो ।

मायाको चिनो प्रदान
कार्यक्रममा विद्यालयले मधेस प्रदेशका साँसद देवनारयण चौधरी लगायतका व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेको थियो भने विभिन्न विधाका पुरस्कारसमेत वितरण गरेको थियो ।

1675081029521

 

विद्यार्थीद्वारा निर्मित सामग्री प्रदर्शन
वार्षिकोत्सवको अवसर पारेर विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले इको फ्रेण्ड्ली सिटी, युरीनरी सिस्टम, विभिन्न चित्रकला, पुराना प्रविधिलगायतका सामग्रीको प्रदर्शन समेत गरेका थिए ।

1675081273903

कार्यक्रममा बालबालिकाहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

1675080935963

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु